+
+
Shares

केन्द्रीय कमिटीमा कर्ण थापाको छुट्टै प्रस्ताव, पेश गर्न पाएनन्

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते १८:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको ललितपुरस्थित होटलमा नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु भएको छ, र अध्यक्ष केपी शर्मा ओलीले पहिलो दिन सम्बोधन गरे।
  • अध्यक्ष ओलीले आफूले तयार पारेको राजनीतिक प्रतिवेदन बैठकमा पेश गरे, जबकि नेता कर्ण थापाको छुट्टै प्रस्ताव दर्ता हुन पाएन।
  • कर्ण थापाले सञ्चार माध्यममा सार्वजनिक गरेको प्रस्तावमा पार्टी पदाधिकारीमा दुई कार्यकाल र ७० वर्षे उमेर हद पुनर्स्थापित गर्नुपर्ने उल्लेख छ।

५ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु भएको छ । ललितपुरको एक होटलमा सुरु भएको बैठकको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरे ।

उनले आफूले तयार पारेको राजनीतिक प्रतिवेदन पनि बैठकमा पेश गरेका छन् ।

यसैबीच, नेता कर्ण थापाले बैठकमा आफ्नो छुट्टै प्रस्ताव लगेका छन् । अध्यक्ष ओलीले सम्बोधन सक्नासाथ नेता थापाले उठेर आफूले पनि केही कुरा राख्न बाँकी रहेको बताए ।

उनले केन्द्रीय कमिटीमै फरक प्रस्ताव लगेका थिए । यद्यपि उनको उक्त प्रस्ताव भने बैठकमा पेश हुन पाएन ।

केन्द्रीय सदस्यहले बोल्ने पालो भोलिबाट मात्रै सुरु हुने भन्दै ओलीले प्रस्ताव दर्ता नहुने सुनाए ।

उक्त प्रतिवेदन थापाले सञ्चार माध्यममा भने सार्वजनिक गरेका छन् ।

जसमा उनले पार्टीका पदाधिकारीहरूमा दुई कार्यकाल र ७० वर्षको उमेर हदको प्रावधानलाई पार्टी विधानमा पुनर्स्थापित गरिनुपर्ने उल्लेख गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?