+
+
Shares
बक्सअफिस :

‘पेन्सन पट्टा’ को कमाइ पौने ४ करोड : बेहुली, पार्वती, तिनीहरूको कति छ ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते १९:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दयाहाङ राई स्टारर ‘पेन्सन पट्टा’ ले दशौं दिनसम्म ३ करोड ७९ लाख रुपैयाँ ग्रस कमाएको सिनेपाः बक्सअफिसले जनाएको छ ।
  • कुल ब्वाय र दिब्या रायमाझी अभिनित ‘बेहुली’ ले आइतबारसम्म २ करोड ६८ लाख रुपैयाँ कमाएको छ ।
  • कपिल रिजाल निर्देशित ‘गौंथली’ ले अहिलेसम्म २५ करोड ९४ लाख रुपैयाँ ग्रस र ९ लाख ४० हजार दर्शक पाएको छ ।

काठमाडौं । दयाहाङ राई स्टारर ‘पेन्सन पट्टा’ ले प्रदर्शनको दशौं दिनसम्म घरेलु बक्सअफिसमा सन्तोषजनक कमाइ गरेको छ । सिनेपाः बक्सअफिसले आइतबारसम्मको कुल कलेक्सन बाहिर ल्याएको छ ।

जसअनुसार, माओत्से गुरुङ निर्देशित फिल्मको आइतबारसम्मको कमाइ ३ करोड ७९ लाख रुपैयाँ ग्रस छ । सोही अवधिसम्म यो फिल्मलाई १ लाख २९ हजार जना दर्शकले हेरेका छन् ।

सोही दिनमा प्रदर्शनमा आएको कुल ब्वाय र दिब्या रायमाझी अभिनिति फिल्म ‘बेहुली’ले २ करोड ६८ लाख रुपैयाँ कमाएको छ । सोही अवधिसम्म यसलाई ९४ हजार ८८५ जना दर्शकले हेरेका छन् ।

प्रदर्शनरतमध्ये कमजोर ब्यापार ‘एलिफेन्ट्स इन द फग : तिनीहरू’को छ । यो फिल्मको ग्रस जम्मा १ करोड १६ लाख रुपैयाँ मात्र छ । यसलाई ३३ हजार जनामात्र दर्शकले हेरेका छन् ।

नीता ढुंगाना र अशोक दर्जी अभिनित फिल्म ‘पार्वती’को कमाइ २ करोड २४ लाख रुपैयाँ ग्रस छ । यसलाई ७९ हजार जना दर्शकले हेरेका छन् ।

कपिल रिजाल निर्देशित फिल्म ‘गौंथली’को कमाइ २५ करोड ९४ लाख रुपैयाँ छ । यसलाई अहिलेसम्म ९ लाख ४० हजार जनाले दर्शकले हेरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?