+
+
Shares

बोस्टन युनिभर्सिटी प्राध्यापक एमआईटी कलेजको विशेष कार्यक्रममा सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते १८:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाको बोस्टन युनिभर्सिटीकी वित्त विज्ञ प्रो. इरेना भोदेन्स्का ५ असोजमा काठमाडौंको एमआईटी कलेजको विशेष अन्तरक्रियात्मक कार्यक्रममा सहभागी हुने भएकी छन्।
  • ‘फाइनान्स बियोन्ड बोर्डर्स : लोकल इन्साइट्स, ग्लोबल पर्स्पेक्टिभ्स, डिजिटल फ्युचर्स’ कार्यक्रममा स्थानीय अभ्यास, विश्वव्यापी वित्तीय अभ्यास र डिजिटल प्रविधिको प्रभावबारे छलफल हुने छ।
  • कार्यक्रममा भरत सिंह थापाले ‘लोकल इन्साइट्स’ र भोदेन्स्काले ‘ग्लोबल पर्स्पेक्टिभ्स’ मा प्रस्तुति दिनेछन्, त्यसपछि प्यानल डिस्कसन र प्रश्नोत्तर सत्र हुनेछ।

५ असोज, काठमाडौं । अमेरिकाको बोस्टन युनिभर्सिटीकी प्राध्यापक तथा वित्त क्षेत्रकी विज्ञ प्रो. इरेना भोदेन्स्का काठमाडौंको कमलादीस्थित मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) कलेजमा आयोजना हुने विशेष अन्तरक्रियात्मक कार्यक्रममा सहभागी हुने भएकी छन्।

‘फाइनान्स बियोन्ड बोर्डर्स : लोकल इन्साइट्स, ग्लोबल पर्स्पेक्टिभ्स, डिजिटल फ्युचर्स’ शीर्षकमा आयोजना हुने कार्यक्रममा स्थानीय वित्तीय अभ्यास, विश्वव्यापी वित्तीय अभ्यास तथा डिजिटल प्रविधिले वित्त क्षेत्रमा पारिरहेको प्रभावबारे छलफल हुने कलेजले जनाएको छ।

प्रो. भोदेन्स्का बोस्टन युनिभर्सिटी मेट्रोपोलिटन कलेजअन्तर्गत फाइनान्स कार्यक्रमकी निर्देशक तथा डिपार्टमेन्ट अफ एडमिनिस्ट्रेटिभ साइन्सेजकी विभाग प्रमुखसमेत हुन्।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय व्यवस्थापन विभागअन्तर्गत फाइनान्स सब्जेक्ट कमिटीका अध्यक्ष असिस्टेन्ट प्रोफेसर भरत सिंह थापा ‘लोकल इन्साइट्स’ विषयमा प्रस्तुति दिनेछिन्। भोदेन्स्काले ‘ग्लोबल पर्स्पेक्टिभ्स’ विषयमा आफ्नो प्रस्तुति दिनेछिन्।

प्रस्तुतिपछि दुवै विज्ञबीच ‘फाइनान्स बियोन्ड बोर्डर्स’ विषयमा ४५ मिनेटको मोडरेटेड प्यानल डिस्कसन सञ्चालन गरिनेछ। त्यसपछि विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया तथा प्रश्नोत्तर सत्रसमेत आयोजना हुने जनाइएको छ।

एमआईटी र इन्टरनेसनल अमेरिकन युनिभर्सिटी (आईएयू) को संयुक्त सहकार्यमा सेप्टेम्बर २२ मा आयोजना हुने कार्यक्रमको उद्घाटन कलेजका सहसंस्थापक आर.के. दाहालको स्वागत मन्तव्यबाट हुनेछ।

कार्यक्रम बिहान १० बजेदेखि १२ बजेसम्म एमआईटीको पाँचौँ तल्लास्थित सेमिनार हलमा सञ्चालन हुनेछ। कलेजका अनुसार बीबीए तथा एमबीए तहमा फाइनान्स र बैंकिङ विषय अध्ययनरत विद्यार्थीका लागि अन्तर्राष्ट्रिय विज्ञबाट वर्तमान वित्तीय अवस्था तथा डिजिटल फिनटेकसम्बन्धी व्यावहारिक ज्ञान हासिल गर्ने अवसर हुनेछ।

अन्तर्राष्ट्रियस्तरको शैक्षिक अनुभव तथा व्यावहारिक दृष्टिकोण प्रदान गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको एमआईटी कलेजले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?