+
+
Shares

अस्थायी भवनबाट सुरु हुन थाल्यो त्रिशूली माविमा पढाइ

अझै एक विद्यार्थी र एक शिक्षक सम्पर्कविहीन

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते १९:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको बाढीबाट पूर्णरूपमा क्षति भएको नुवाकोटको त्रिभुवन त्रिशूली माविमा सोमबारदेखि विदुर–९ कोलनी र बटारमा अस्थायी रूपमा पढाइ सुरु भएको छ।
  • प्रधानाध्यापक राजेन्द्र दवाडीका अनुसार कोलनीमा ८८३ र बटारमा २३० विद्यार्थी उपस्थित भएका छन्, जबकि एक विद्यार्थी र एक शिक्षक सम्पर्कविहीन छन्।
  • विद्यालयले पहिलो दिन विद्यार्थीलाई काउन्सिलङ गरी किताब, कापी र अन्य शैक्षिक सामग्री वितरण गरेको र बाढीबाट १ अर्ब ६९ करोड क्षति भएको जनाएको छ।

५ असोज, काठमाडौं । रसुवा बाढीबाट पूर्णरूपमा क्षति भएको नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिभुवन त्रिशूली माविमा पढाइ सुरु भएको छ ।

विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीका अनुसार सोमबार (आज)देखि पढाइ सुरु भएको हो ।

‘विद्यार्थीको राम्रो उपस्थिति रहयो । पढाइ दुई ठाउँबाट सुरु गरेका छौं,’ उनले भने । अस्थायी रुपमा विदुर–९ कोलनी र बटारमा अस्थायी भवनमा राखेर पढाउन सुरु गरिएको हो ।

‘कोलनीमा १ देखि १२ सम्म र बटारमा ११ र १२ को कक्षा गरेर दुई ठाउँबाट कक्षा सञ्चालन गर्‍यौं,’ प्रधानाध्यापक दवाडीले भने । कोलनीमा १ देखि १० सम्म ७४३ जना, ११ र १२ कक्षामा १४० जना विद्यार्थी आएका छन् ।

यता बटारमा भएको कक्षा ११ र १२ मा २३० जना विद्यार्थी आएका छन् । उक्त विद्यालयमा विद्यार्थी संख्या १६४२ रहेको थियो । बाढीमा परेका एक जना विद्यार्थी र एक शिक्षक सम्पर्कविहीन छन् । बाढीबाट विस्थापित भएर अन्य विद्यालयबाट १४ जना विद्यार्थी आएका छन् ।

‘पहिलो दिन खुसी साटासाट गरियो । बाढीपछि शिक्षक विद्यार्थीको भेट हुन पाएको थिएन । विद्यार्थीलाई काउन्सिलङ गर्‍यौं । भोलिदेखि निर्धक्क भएर विद्यालयमा आउन भनेका छौं,’ उनले भने ।

उनका अनुसार बाढीबाट विस्थापित भएका कतिपय विद्यार्थीको किताब र कापी छैन । ‘किताब कापी नभएका विद्यार्थीको तथ्यांक लिएका छौं । शैक्षिक सामग्री पनि आज वितरण गर्‍यौं,’ उनले भने । बाढीका कारण विद्यालयको १ अर्ब ६९ करोड क्षति भएको उनले बताए ।

‘८६ रोपनी जग्गा र भवन सहतिको क्षति हो । भवनको मात्र १ अर्ब बराबरको क्षति भएको छ,’ उनले भने, ‘बाढीबाट हाम्रो विद्यालय पूर्णरुपमा क्षति भएको छ ।’ बाढी अएपछि विद्यालयमा रहेका विद्यार्थीलाई सुरक्षित स्थानमा लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?