+
+
Shares

डेटा हबको समस्या समाधान, नेप्सेमा आजदेखि नियमित कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते ९:०१

६ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजदेखि नियमित सेयर कारोबार सञ्चालन हुने भएको छ ।

नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमित रूपमा सञ्चालन हुने भएको हो ।

नेप्सेका अनुसार डेटा हबमा देखिएको प्राविधिक समस्या समाधान भइसकेकोले कारोबार नियमित गर्न लागिएको हो ।

डेटा हबमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएपछि नेप्सेले असोज ५ गते सोमबार नियमित सेयर कारोबार स्थगित गरेको थियो ।

डेटा सेन्टरको समस्या कायम रहेको अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएपछि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले कारोबार स्थगित गर्न नेप्सेसमक्ष निवेदन दिएको थियो । सोही निवेदनका आधारमा नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार असोज ५ गतेको नियमित कारोबार स्थगित गरेको थियो ।

एक दिन कारोबार स्थगित भएपछि डेटा हबको प्राविधिक समस्या समाधान भएको जानकारीसँगै आजदेखि सेयर बजारमा नियमित कारोबार सञ्चालन हुने नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?