+
+
Shares

बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग आयोजना हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते १३:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ब्रिटिस प्रोफेसनल कलेजले काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ सेप्टेम्बर २३ देखि २६ सम्म बूढानीलकण्ठको रोयल स्पोर्ट्स पार्कमा गर्ने भएको छ।
  • चार दिने इन्डोर क्रिकेट प्रतियोगितामा एसीसीए समुदायका १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
  • प्रतियोगिताको कुल पुरस्कार राशि १ लाख ५० हजार रुपैयाँ रहेको छ।

६ असोज, काठमाडौं । ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी)ले काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना गर्ने भएको छ। चार दिने इन्डोर क्रिकेट प्रतियोगिता सेप्टेम्बर २३ देखि २६ सम्म बूढानीलकण्ठको चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा सञ्चालन हुनेछ।

द ब्रिटिस कलेजको भगिनी संस्था बीपीसीको आयोजनामा हुने प्रतियोगितामा एसीसीए विद्यार्थी, एफिलिएट, सदस्य, एसीसीए स्वीकृत लर्निङ पार्टनर, एसीसीए स्वीकृत रोजगारदाता तथा व्यक्तिगत एसीसीए सदस्यका टोली सहभागी हुनेछन्।

प्रतियोगितामा विभिन्न एसीसीए प्रदायक संस्था तथा एसीसीए समुदायको प्रतिनिधित्व गर्ने १६ टोलीबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा बीपीसीका २, सर्टिफाइड कलेज अफ अकाउन्टेन्सी (सीसीए) का ३, सिड एकेडेमीका २ तथा लर्निङ पार्क, ब्राइट एकेडेमी, फिन्ट लर्निङ हब, एम्बार्क कलेज, शिक्षा एकेडेमी, जीएनएस एस्ट्रा, स्लुगर्स र एजीके पार्टनर्सका १–१ टोली सहभागी हुनेछन्।

खेलकुदमार्फत एसीसीए समुदायबीच सहकार्य, नेटवर्किङ, नेतृत्व विकास, टिमवर्क, सञ्चार तथा आपसी सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बीपीसीले जनाएको छ।

प्रतियोगिताको कुल पुरस्कार राशि १ लाख ५० हजार रुपैयाँ रहेको छ। प्रतियोगिताको शीर्ष प्रायोजक एसीसीए रहेको छ भने आवान ट्रेडिङ, अउज्ट्रिक्स एजुकेसनल हब, शुभम इन्टरनेसनल हस्पिटल र एजीके पार्टनर्सले सहयोग गरेका छन्।

बीपीसीले कक्षाकोठा र कार्यस्थलभन्दा बाहिर एसीसीए विद्यार्थी, पेशागत जनशक्ति तथा सदस्यलाई एउटै खेलकुद मञ्चमा जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?