+
+
Shares

विदुर-५ का बाढी प्रभावितलाई रेडक्रसको नगद सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते १३:४३

६ असोज, काठमाडौं । रसुवाको भोटेकाशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटको विदुर नगरपालिका– ५ का बासिन्दालाई नुवाकोट रेडक्रस सोसाइटीले आर्थिक सहयोग गरेको छ । रेडक्रसको बहुद्देश्यीय नगद सहायता कार्यक्रमअन्तर्गत २५७ जना बाढी प्रभावितहरूलाई नगद सहायता उपलब्ध गराइएको हो ।

बाढीमा मृत्यु भएकाका र बेपत्ता भएकाका परिवार तथा पूर्णरुपमा घरमा बस्ने अवस्था नरहेका परिवारलाई १५ हजार रुपैयाँका दरले नगद सहायता उपलब्ध गराइएको नुवाकोट रेडक्रसले जनाएको छ ।

जसमध्ये १५१ जनालाई बैंक खातामार्फत र बाँकीलाई वडा कार्यालयमार्फत आर्थिक सहायता उपलब्ध गराइएको रेडक्रसका जिल्ला अध्यक्ष हरि श्रेष्ठले जानकारी दिए ।
उनले विदुर नगरपालिकाका बाढी प्रभावित १७ सय १० जनालाई नै नगद सहायता उपलब्ध गराउने तयारी भइरहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?