+
+
Shares

बुटवलमा जीडब्लूएमको नयाँ शोरुम, ओरा ५ र हाभाल जोलियन म्याक्स ईभी सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते १४:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्रेट वाल मोटरले बुटवलको कालिकानगरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।
  • शोरुमबाट ओरा ५ ईभी एसयूभी र हाभाल जोलियन म्याक्स ईभी सार्वजनिक गरिएको छ।
  • कम्पनीले दुवै मोडलका लागि बुकिङ र टेस्ट ड्राइभ खुला गरेको छ।

६ असोज, बुटवल । ग्रेट वाल मोटर (जीडब्लूएम) ले बुटवलको कालिकानगरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। शोरुमको उद्घाटनसँगै कम्पनीले ओरा ५ ईभी एसयूभी र हाभाल जोलियन म्याक्स ईभी एसयूभी पनि बुटवलमा सार्वजनिक गरेको छ।

भीजी इम्पेक्स प्रालिअन्तर्गत जीडब्लूएमको अधिकृत क्षेत्रीय साझेदार सहरसा इन्टरप्राइजेजले सञ्चालनमा ल्याएको शोरुमबाट सवारीसाधन बिक्रीसँगै सर्भिस तथा स्पेयर पार्ट्सको सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।

बुटवल तथा लुम्बिनी प्रदेशमा विद्युतीय सवारीसाधनको माग बढ्दै गएसँगै बिक्री तथा सेवा सञ्जाल विस्तार गरिएको कम्पनीको भनाइ छ।

ओरा ५ मा ५२० किलोमिटरसम्म रेन्ज

कम्पनीका अनुसार ओरा ५ मा एनईडीसी मापदण्डअनुसार ५२० किलोमिटरसम्मको रेन्ज रहेको छ। यसमा ५ स्टार एएनक्याप तथा युरो एनक्याप सुरक्षा रेटिङ, २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र २० भन्दा बढी लेभल–२ एडीएएस फिचर रहेका छन्।

ओरा ५ को मूल्य ४८ लाख ४९ हजार रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ।

जोलियन म्याक्स ईभीमा ४०० किलोमिटरभन्दा बढी रेन्ज

हाभाल जोलियन म्याक्स ईभीमा ५८.३ किलोवाटआवर ब्याट्री रहेको छ। कम्पनीका अनुसार यसले डब्लूएलटीपी मापदण्डअनुसार ४०० किलोमिटरभन्दा बढी रेन्ज दिन्छ।

यसमा १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, १४.६ इन्च टचस्क्रिन र भेहिकल–टु–लोड (भीटूएल) सुविधा रहेको छ। यसको अफर मूल्य ५९ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ।

सहरसा इन्टरप्राइजेजका अध्यक्ष केहरसिंह खड्काले बुटवल तथा लुम्बिनी प्रदेशका ग्राहकलाई बिक्रीसँगै भरपर्दो सर्भिस र स्पेयर पार्ट्स सुविधा उपलब्ध गराउने उद्देश्यले शोरुम सञ्चालनमा ल्याइएको बताए।

जीडब्लूएमका महाप्रबन्धक–बिक्री तथा सञ्चालन अधिरकुमार श्रेष्ठले ओरा ५ र हाभाल जोलियन म्याक्स ईभीमार्फत बुटवल तथा आसपासका ग्राहकलाई विद्युतीय मोबिलिटीका नयाँ विकल्प उपलब्ध गराइएको बताए।

कम्पनीले दुवै मोडलका लागि बुकिङ तथा टेस्ट ड्राइभ खुला गरेको छ। ग्राहकले कालिकानगरस्थित शोरुममा पुगेर सवारीसाधनबारे जानकारी लिन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?