+
+
Shares

कैलालीमा बेपत्ता एक व्यक्ति जंगलमा मृत फेला, ७ आरोपित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते ११:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलालीको चुरे गाउँपालिका–१ निगालीका ५२ वर्षीय यज्ञबहादुर बोहरा घरबाट बेपत्ता भएपछि स्थानीय जंगलको भिरमा मृत फेला परेका छन्।
  • घटनाअघि बोहरासहित ८ जना मदिरा सेवन गरेको खुलेको छ र साथमा रहेकाहरूले ‘मारिदिन्छु’ भन्दै गरेको भिडियो फेला परेको प्रहरीले जनाएको छ।
  • प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरूको पहिचान खुलाएको छैन र थप अनुसन्धान जारी रहेको जनाएको छ।

७ असोज, धनगढी । कैलालीमा घरबाट बेपत्ता भएका एक व्यक्ति मृत फेला परेका छन् ।

चुरे गाउँपालिका–१ निगालीका ५२ वर्षीय यज्ञबहादुर बोहरा स्थानीय जंगलको भिरमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी हिरा सिंह महराले घरबाट हराएका बोहरा खोजी गर्ने क्रममा बोहरा चुरे गाउँपालिका–१ तुलिखेतस्थित जंगलको भिरमा मृत अवस्थामा फेला परेको जानकारी दिए ।

उनकाअनुसार घटनाअघि बोहरासहित ८ जना एकै ठाउँमा बसेर मदिरा सेवन गरेको खुलेको छ ।

सोही क्रममा साथमा रहेका व्यक्तिहरूले बोहरालाई ‘मारिदिन्छु’ भन्दै गरेको भिडियोसमेत फेला परेको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएका व्यक्तिहरूको पहिचान प्रहरीले खुलाएको छैन ।

उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेती ल्याइँदै गरिएको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट मृतकको टोपी, मोबाइल र चप्पलसमेत फेला परेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?