+
+
Shares

विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १२:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् ।
  • ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बुधबार मन्त्रालयमा श्रेष्ठलाई सपथ ग्रहण गराएका हुन् ।
  • मन्त्रीले मन्त्रालयका निकायहरूसँग उच्च समन्वय गरेर निष्ठापूर्वक काम गर्न निर्देशन दिएका छन् ।

७ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बुधबार बिहान मन्त्रालयमा कार्यकारी निर्देशक श्रेष्ठलाई सपथ ग्रहण गराएका हुन् । उक्त अवसरमा मन्त्रीले प्रणाली बनाएर निष्ठापूर्वक काम गर्न निर्देशन दिए ।

उनले मन्त्रालयका निकायहरूसँग उच्च समन्वय गर्न पनि सुझाए । भोटेकोशी बाढीको चुनौतीपूर्ण समयमा कायम मुकायम कार्यकारी निर्देशकको रुपमा सफल कार्यसम्पादन गरेकामा धन्यवाद पनि दिए ।

मन्त्रिपरिषद्को असोज २ गते शुक्रबार बसेको बैठकले दीर्घायु कुमारलाई कार्यकारी निर्देशक पदमा नियुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?