७ असोज, काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जु भण्डारीले पार्टीभित्रका कमजोरीको सम्पूर्ण अपजस अध्यक्ष केपी शर्मा ओलीमाथि थोपरेर पार्टी बलियो हुन नसक्ने बताएकी छन् । बुधबार केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टी नेतृत्व एक ढिक्का भएमात्रै सबैखाले चुनौतीको सामना गर्नसकिने बताएकी हुन् ।
‘समुद्र मन्थन गर्दा अमृत निस्कँदा सबैले खान खोज्ने, तर विष आउँदा भागाभाग हुने अवस्था आउनु राम्रो होइन,’ नेतृ भण्डारीले भनिन् ।
पछिल्लो राजनीतिक घटनाक्रममा एमालेविरुद्ध विभिन्न भाष्य निर्माण गरिएको उनको दाबी छ ।
‘भदौ २३ र २४ गतेका घटनालाई केपी ओलीविनाको एमाले र एमालेविनाको देश बनाउने षड्यन्त्र तथा कम्युनिस्टविनाको मुलुक बनाउने प्रयासका रूपमा बुझ्नुपर्छ,’ उनले भनिन् ।
फागुन २१ गतेको निर्वाचन त्यसअघिका राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ मात्रै रहेको उनले बताइन् ।
प्रतिक्रिया 4