+
+
Shares

न्यायालयको पुनर्संरचनाको पक्षमा हो भने गम्भीरतापूर्वक छलफल गरौं : रमेश मल्ल

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते १३:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्ले प्रतिनिधिसभामा न्यायालयको पुनर्संरचना र शुद्धीकरणबारे भइरहेको बहसले ध्यानाकर्षण गरेको बताए ।
  • उनले संविधान निर्माणका बेला आफ्नो पार्टीले न्यायाधीशको पुनर्नियुक्तिबारे फरकमत दर्ज गरेको स्मरण गराए ।
  • उनले न्यायालयको पुनर्संरचनाको पक्षमा भए यसबारे गम्भीरतापूर्वक छलफल गर्न आग्रह गरे ।

८ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्ले पछिल्लो समय संसद्‌मा न्यायालयबारे भइरहेको बहसले ध्यानाकर्षण गरेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘हामी संसद्मा एउटा जोडदार रुपमा बहसमा प्रवेश गरेका छौं । म स्मरण गराउन चाहन्छु, न्यायालयको पुर्नसंरचना र शुद्धीकरणको विषयमा हामीले पटक–पटक छलफल गर्‍यौं । न्यायाधीशको पुर्ननियुक्तिको बारेमा पनि हामीले छलफल गर्‍यौं ।’

संविधान निर्माण गर्ने बेलामा यो विषयमा आफ्नो पार्टीले गम्भीरतापूर्वक आफ्ना कुरा राखेको र फरकमत दर्ज गरेको समेत स्मरण गरे ।

अहिले बहस गरिरहेकाहरूले के चाहेको हो त्यो प्रष्ट भयो भने थप बहसका लागि सहज हुने उनको आग्रह छ ।

उनले भनेका छन्, ‘यदि हामी साँच्चै दिलैदेखि न्यायलयको पुर्नसंरचनाको पक्षमा छौं भने यसको विषयमा पनि गम्भीरतापूर्वक छलफल गरौं ।’

पछिल्लो समय प्रतिनिधिसभामा न्यायलयको विषयमा रास्वपाका सांसदहरू यज्ञमणि न्यौपाने, मधुकुमार चौलागाईं बोलिरहेका छन् । नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले सत्तापक्षबाट न्यायालयलाई कमजोर बनाउने अभिव्यक्ति आएको भनेर प्रतिवाद गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?