News Summary
Generated by OK AI. Editorially reviewed.- जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले आज बिहान पौने ११ बजे अफगानिस्तानसँग पहिलो खेल खेल्दै छ ।
- निशिनको कोरोगी स्पोर्ट्स पार्कमा हुने खेलअघि ओमान र हङकङबीचको खेल भइरहेको छ ।
- समूह ‘ए’ बाट शीर्ष २ टोली क्वाटरफाइनलमा पुग्नेछन्, र नेपाल पुगे भारत वा श्रीलंकामध्ये एकसँग खेल्ने छ ।
९ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दै छ ।
जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा हुने खेल बिहान पौने ११ बजेदेखि सुरु हुनेछ । त्यसअघि ओमान र हङकङबीचको खेल अहिले भइरहेको छ ।
नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग रहेको छ । बिहीबार भएको पहिलो खेलमा अफगानिस्तानले जापानलाई हराइसकेको छ ।
समूहबाट शीर्ष २ टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । क्वाटरफाइनलमा पुगे नेपालले भारत वा श्रीलंकामध्ये एक टोलीको सामना गर्ने छ ।
यसअघिको एसियन गेम्समा पनि नेपाल क्वाटरफाइनलमा भारतसँग पराजित भएको थियो ।
प्रतिक्रिया 4