News Summary
Generated by OK AI. Editorially reviewed.- पाल्पाको रिब्दीकोट गाउँपालिका-६ ढुस्टुङ्गमा अविरल वर्षाले दुई कच्ची घर भत्किँदा ५९ वर्षीया किष्णकुमारी सारु बेपत्ता भएकी छन्।
- वडाध्यक्ष प्रकाश रायमाझीका अनुसार घर भत्किँदा केशुराम र रामबहादुरका परिवारका अन्य सदस्य भागेर जोगिएका छन्।
- पहिरो र दलदलका कारण बाटो पूर्ण रूपमा अवरुद्ध हुँदा खोजी तथा उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ।
९ असोज, पाल्पा । पाल्पामा अविरल वर्षाका कारण दुई वटा घर भत्किँदा एक जना महिला बेपत्ता भएकी छन् । जिल्लाको रिब्दीकोट गाउँपालिका – ६ ढुस्टुङ्गस्थित गोलफानमा घर भत्किँदा ५९ वर्षीया किष्णकुमारी सारुका बेपत्ता भएको प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो वर्षासंगै स्थानीय राम बहादुर उचै र कशेराम सारुको कच्ची घर भत्किएको हो। बेपत्ता हुने केसुराम सारूकी श्रीमती रहेको वडाअध्यक्ष प्रकाश रायमाझीले जानकारी दिए।
एक्कासी घर भत्किएपछि केशुराम र रामबहादुरका परिवारका अन्य सदस्यले भने भागेर ज्यान जोगाउन सफल भएको वडाध्यक्ष रायमाझीले बताए।
बेपत्ता हुने महिलाले कपडा मिलाउदै गर्दा घरभित्र च्यापिएको जानकारी आएको छ । घर भत्किएको स्थानमा पहिरो र दलदल छ । बाटो पूर्ण रुपमा अवरुद्ध भएको हुँदा खोजी तथा उद्दारमा समस्या देखिएको वडाध्यक्ष रायमाझीको भनाइ छ । जिल्लास्थित शसस्त्र प्रहरीलाई उद्दारका लागि खबर गरिएको भएपनि त्यहाँसम्म पुग्ने सडक पूर्ण रुपमा अवरुद्ध भएको हुँदा समस्या भएको हो ।
पानी निरन्तर परेको हुँदा बेपत्ता महिलाको खोजी तथा उद्दारमा समस्या देखिएको छ । उता जिल्ला प्रहरी कार्यालय पाल्पाले घर भत्किएको भन्दा केही माथि पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएपछि उद्धारमा समस्या देखिएको जनाएको छ ।
प्रतिक्रिया 4