+

पुरुष म्याराथनमा नेपालका खड्का अन्तिम स्थानमा

२०८३ असोज  १० गते ९:३८ २०८३ असोज १० गते ९:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०औं एसियन गेम्सअन्तर्गत पुरुष म्याराथनमा नेपालका बहादुर खड्का २ घण्टा २३ मिनेट ४२ सेकेन्डमा अन्तिम स्थानमा रहेर दौड पूरा गरे।
  • जापानका इचिताका यामाशिताले २ घण्टा १० मिनेट ४९ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण जिते, भारतका सावन बरवाल दोस्रो र चीनका फेङ पेइयु तेस्रो भए।
  • पहिलोपटक एसियन गेम्स खेलेका खड्काले बैकुण्ठ मानन्धरको करिब ४ दशक पुरानो कीर्तिमान तोड्ने लक्ष्य राखेका थिए, तर सफल हुन सकेन।

१० असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत पुरुष म्याराथनमा नेपालका बहादुर खड्का अन्तिम स्थानमा रहेर दौड पूरा गरेका छन् ।

खड्काले निर्धारित दूरी २ घण्टा २३ मिनेट ४२ सेकेन्डमा पूरा गरे । उनी विजेता जापानका इचिताका यामाशिताभन्दा १२ मिनेट ५३ सेकेन्ड पछि रहे ।

जापानका यामाशिताले २ घण्टा १० मिनेट ४९ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण जिते । भारतका सावन बरवाल ४८ सेकेन्डले पछि पर्दै दोस्रो भए भने चीनका फेङ पेइयु १ मिनेट २४ सेकेन्ड पछाडि रहँदै तेस्रो भए ।

पहिलोपटक एसियन गेम्स खेलेका खड्कले करिब ४ दशक पुरानो बैकुण्ठ मानन्धरको कीर्तिमान तोड्ने लक्ष्य राखेका थिए तर त्यो सफल हुन सकेन ।

मानन्धरले सन् १९८७ मा भारको कोलकातामा भएको तेस्रो दक्षिण एसियाली खेलकुदमा २ घण्टा १५ मिनेट ०३ सेकेण्डको कीर्तिमान बनाएका थिए ।

म्याराथनमा धेरैले मानन्धरको कीर्तिमान तोड्ने प्रयास गरेपनि सकेका छैनन् ।

२०औं एसियन गेम्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय