+
+
Shares

त्रिभुवन विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते ७:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनसहित भारत दिल्लीका ४६ वर्षीय अस्लम सोकट पक्राउ परेका छन्।
  • भारतको मुम्बईबाट इन्डिगो एयरको उडानमार्फत काठमाडौं आएका उनलाई अन्डरवेयरभित्र सुन लुकाएर ल्याएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।
  • पक्राउ परेका सोकटलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ।

१२ असोज, काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत दिल्लीका करिब ४६ वर्षीय अस्लम सोकट रहेका छन् ।  

भारतको मुम्बईबाट इन्डिगो एयरको उडानमार्फत काठमाडौं आएका उनको साथबाट ४२२.५ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।

विमानस्थलमा अस्वाभाविक रूपमा हिँड्डुल गरिरहेको अवस्थामा शंका लागेर जाँच गर्दा अन्डरवेयरभित्र लुकाएर ल्याइएको अवस्थामा उक्त परिमाणको सुन बरामद भएको प्रहरीको भनाइ छ ।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?