+
+
Shares

बाढी-पहिरोका कारण एक हजार मेगावाट विद्युत् उत्पादन अवरुद्ध भयो : ऊर्जामन्त्री

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले यसवर्षको बाढी र पहिरोका कारण राष्ट्रिय विद्युत प्रणालीमा करिब एक हजार मेगावाट उत्पादन अवरुद्ध भएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १७:०६

१२ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले यसवर्षको बाढी र पहिरोका कारण राष्ट्रिय विद्युत प्रणालीमा करिब एक हजार मेगावाट उत्पादन अवरुद्ध भएको बताएका छन् । सोमबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले बाढीपहिरोका कारण जलविद्युत् प्रणालीमा ठूलो असर परेको र प्रसारण, वितरण तथा उत्पादन संरचनामा क्षति पुग्दा राष्ट्रिय विद्युत् प्रणालीमा करिब एक हजार मेगावाट उत्पादन अवरुद्ध भएको बताए ।

पछिल्लो वर्षाका कारण कालीगण्डकी कोरिडोर प्रसारणलाइन अवरुद्ध हुँदा १३ आयोजनाका करिब ३७० मेगावाट उत्पादन प्रभावित भएको पनि मन्त्री श्रेष्ठले जानकारी दिए ।  उनले विद्युत उत्पादनसंगै प्रसारण पूर्वाधार नहुँदा विद्युत् प्रवाह गर्न समस्या देखिएको उल्लेख गरे ।

हेटौंडा–ढल्केवर प्रसारण लाइन चार्ज भएपछि पूर्वको विद्युत् पश्चिम र पश्चिमको विद्युत पूर्व लैजान सहज हुने र यसले पूर्व–पश्चिम जोड्ने समस्या समाधान गर्ने मन्त्री श्रेष्ठले बताए । उनले प्रणाली व्यवस्थापनका लागि आन्तरिक उत्पादनलाई प्राथमिकता दिँदै अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?