+
+
Shares

विद्युत् उत्पादन मात्रै होइन, निर्यातमा पनि जोड दिने बेला आएको छ : ऊर्जामन्त्री

उनले भने, ‘अब विद्युत उत्पादन मात्रै होइन, खपतलाई पहिलो प्राथमिकता दिई निर्यातमा जोड दिने बेला आएको छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २३ गते १५:१८

२३ असार, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकारले विद्युत् उत्पादन भन्दा प्रसारण र वितरण प्रणालीको सुदृढीकरणमा जोड दिएको बताएका छन् ।

विद्युत् खपत बढाउन पनि सरकारले उक्त नीतिलाई स्पष्ट रूपमा अघि बढाएको मन्त्री श्रेष्ठको भनाइ थियो ।

मंगलबार राष्ट्रिय सभा बैठकमा आफनो मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उत्पादित विद्युत् खेर जान नदिन दिगो आपूर्ति सुनिश्चित गर्न लागि परेको पनि बताए ।

मन्त्री श्रेष्ठले आन्तरिक विद्युत् खपत उल्लेख्य रूपमा बढाउने सरकारको योजना रहेको पनि बताए ।

उनले भने, ‘अब विद्युत उत्पादन मात्रै होइन, खपतलाई पहिलो प्राथमिकता दिई निर्यातमा जोड दिने बेला आएको छ । तसर्थ हामीले ऊर्जा खपत नीति तथा निर्यात रणनीति २०८३ कार्यान्वयनमा ल्याई आन्तरिक विद्युत् खपत उल्लेख्य रूपमा बढाउने तथा वर्षायाममा बचत हुने विद्युतलाई अन्तरदेशीय प्रशारण लाईनमार्फत क्षेत्रीय बजारमा निर्यात गर्ने स्पष्ट नीति लिएका छौँ ।’

उनले अगाडि भने, ‘उत्पादित विद्युत् खेर जान नदिन दिगो आपूर्ति सुनिश्चित गर्न सरकारले उत्पादन भन्दा बढी प्रसारण र वितरण प्रणाली सुदृढीकरणमा जोड दिएको छ । त्यस्तै अब निजी क्षेत्रले पनि विद्युत् बिक्री वितरण गर्न पाउने भएका छन् ।’

मन्त्री श्रेष्ठले वर्षायाममा हुने बचत विद्युतलाई अन्तरदेशीय प्रसारण लाइनमार्फत क्षेत्रीय बजारहरूमा निर्यात गर्न लागिएको पनि बताए ।

उनले सरकारले निजी क्षेत्रले पनि विद्युत् बिक्री वितरण गर्न पाउने व्यवस्था गरेको दाबी समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?