+
+
Shares

चोलेन्द्रको पक्राउ विधि र कानुनको उपहास : थेबे

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १९:०४

१२ असोज, काठमाडौं । नेकपा एमालेका सांसद क्षितिज थेबेले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नियन्त्रण शैलीप्रति आपत्ति जनाएका छन् ।

सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विधि र प्रक्रिया मिचेर गरिएको धरपकडले सुशासन कायम नहुने र यसले सरकारको अधिनायकवादी चरित्र देखाउने जिकिर गरे ।

सांसद थेबेले पूर्वप्रधानन्यायाधीशलाई प्रहरीले ससम्मान नियन्त्रणमा लिनुपर्नेमा राज्यले नै अपहरणको शैली अपनाएको दाबी गरे ।

‘प्रहरी नै थियो भने बर्दी हुन्थ्यो, तर यहाँ त राज्यकै नाममा गुण्डागर्दी गरियो । यो विधि र कानुनको उपहास हो,’ उनले भने ।

उनले सरकारको यस किसिमको गतिविधिले जनतामा त्रास फैलाउने काम मात्र गरेको भन्दै सरकार स्वयं ‘धामी र झाँक्री’ दुवै बनेर अराजकता मच्चाउन उद्यत रहेको आरोप लगाए ।

सरकार केवल सामाजिक सञ्जालमा कन्टेन्ट बनाउन र प्रचारबाजीमा व्यस्त रहेको तर पुनर्निर्माणको काम ठप्प भएको गुनासो गरे । देशको पछिल्लो अवस्थाबारे चिन्ता व्यक्त गर्दै थेबेले प्राकृतिक विपद्को सामना गर्न सरकार विफल भएको बताए ।

‘क्लाइमेट जस्टिसका विषयमा सरकार गम्भीर हुनुपर्नेमा प्रधानमन्त्री भने जवाफ दिनबाट पन्छिँदै आउनुभएको छ । ग्यास अभाव र महङ्गीले जनताको ढाड सेकेको छ, तर सरकार जवाफदेही छैन,’ उनले भने ।

आर्थिक संकट र महङ्गीको विषय उठाउँदै उनले मुद्रास्फीति (इन्फ्लेसन) दर १.४ प्रतिशतबाट ५.५५ प्रतिशत पुग्दा पनि सरकार मूकदर्शक बनेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?