+
+
Shares

एन्फा कोषाध्यक्ष र लेखापालको रिट निवेदनलाई सँगै राखेर सुनुवाइ गर्न सर्वोच्चको आदेश

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १९:०९

१२ असोज, काठमाडौं । सर्वाेच्च अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेको रिट निवेदनलाई सँगै राखेर सुनुवाइ गर्न आदेश दिएको छ ।

सर्वाेच्चका न्यायाधीश अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको इजलासमा रवीन्द्रको र न्यायाधीश महेश शर्मा पौडेल र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले सञ्जिवको बन्दी प्रत्यक्षीकरणको छुट्टाछुट्टै रिटमाथि सुनुवाइ भएको थियो ।

एउटै प्रकृतिका मुद्दा भएकाले सँगै राखेर सुनुवाइ गर्नका लागि अदालतले आदेश जारी गरेको हो । अदालतले दुवै मुद्दालाई मिसिल साथमा राखेर नियमानुसार गर्न आदेश दिएको छ ।

गैरकानुनी रुपमा आफ्ना श्रीमानलाई थुनामा राखेको भन्दै रवीन्द्र पत्नी शोभा जोशी र सञ्जिव पत्नी अनिता पाण्डेले सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २ असोजमा एन्फा मुख्यालयमा छापा मार्दै कोषाध्यक्ष जोशी र लेखापाल पाण्डेलाई पक्राउ गरेको थियो ।

उनीहरूमाथि सीआईबीले खेलमा मिलेमतो तथा अनियमितता र ठगी सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

*सच्याइएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?