+
+
Shares
कांग्रेस महाधिवेशन :

गगन थापा सर्वसम्मत महाधिवेशन प्रतिनिधि, विश्वप्रकाश चुनावबाट निर्वाचित

गगन काठमाडौं-४ बाट निर्विरोध महाधिवेशन प्रतिनिधि चिनय भएका हुन् भने विश्वप्रकाश झापा-१ बाट चुनाव जितेर निर्वाचित भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते ९:२३

१३ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । थापा १५औं महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन भएका हुन् ।

यस्तै, उपसभापति विश्वप्रकाश शर्मा झापा-१ मा मतदानमार्फत निर्वाचित भएका छन् । शर्माले ६३८ मत पाएर महाधिवेशन प्रतिनिधि चुनिएका हुन् । झापा- १ मा महाधिवेशन प्रतिनिधिको मतदानमा ७१० मतदाता थिए।

कांग्रेसको महाधिवेशन यही असोज १६ गतेका लागि तय भएको थियो तर बाढीपहिरोका कारण केही दिन पछि सार्ने तयारी गरिएको छ ।

संस्थापनइतरको शेरबहादुर देउवा समूहले पनि मंसिरमा छुट्टै महाधिवेशन गर्ने तयारी थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?