+
+
Shares

सांसदहरू शून्य समयमा बोल्न नाम टिपाउँछन्, सभामुखले बोलाउँदा सभाकक्षमा हुँदैनन्

मंगलबार प्रतिनिधिसभामा शून्य समयमा बोल्ने भनेर नाम टिपाएर सभाकक्षमा अनुपस्थित रहेका सांसद जगदीश खरेल, धर्मराज केसी र पुकार बम तीनै जना सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते ११:२१

१३ असोज, काठमाडौं । प्रतिनिधिसभामा बैठक सुरु भए लगत्तै आकस्म्कि समय चल्छ । आकस्मिक समयमा केही थोरै सांसद् बोल्छन् । त्यसपछि शून्य समय सुरु हुन्छ ।

यही शून्य समयमा बोल्न भनेर सांसदहरू नाम टिाउँछन् । तर सभामुखले बोलाउँदा सभामा हुँदैनन् । यस्तो दृश्य संसद्मा दोहोरिँदै आएको छ ।

मंगलबार पनि प्रतिनिधिसभामा यस्तै दृश्य दोहोरियो । मंगलबार आकस्मिक समयमा एक जना सांसद श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राई बोले । त्यसपछि शून्य समय सुरु भयो ।

शून्य समयमा जगत प्रसाद जोशी, जगदिश खरेल (ललितपुर) बोले । शून्य समयमा बोल्न सभामुख डोलप्रसाद अर्यालले तेस्रो नाम बोलाए, जगदिश खरेल (दोलखा) । तर, उनी उपस्थित थिएनन् । सभामुखले तीन पटकसम्म नाम बोलाए । उनी सभाकक्षमा थिएनन् ।

त्यसपछि सभामुखले अन्य नामहरू बोलाए । सांसदहरूले विषय राख्दै गए । त्यसपछि अर्का प्रतिनिधिसभा सदस्य धर्मराज केसीको पालो आयो । उनी पनि सभाकक्षमा थिएनन् । सभामुखले तीन पटक नाम बोलाए ।

सभामुखले फेरि अर्का सांसद्को नाम बोलाए । अन्य सांसदहरूले बोल्दै गए । त्यसक्रममा अर्का सांसद पुकार बमको पालो आयो । सभामुखले नाम बोलाए । उनी पनि सभाकक्षमा थिएनन्, बोलेनन् ।

मंगलबार प्रतिनिधिसभामा शून्य समयमा बोल्ने भनेर नाम टिपाएर सभाकक्षमा अनुपस्थित रहेका सांसद खरेल, केसी र बम तीनै जना सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् हुन् ।

संसद्मा सभामुखले सांसदलाई बोल्न दिँदा तीन पटकसम्म बोलाउने अभ्यास छ । तीन् पटकसम्म बोलाउँदा पनि नबोले उक्त समय सकिने छ र सभामुखले अर्को व्यक्तिलाई बोल्न दिन्छन् वा सदनको कार्यसूची अघि बढाउँछन् ।

प्रतिनिधिसभा नियमावलीको नियम १५ मा शून्य र विशेष समयसम्बन्धी व्यवस्थ छ । समसामयिक विषय प्रस्तुत गर्नका लागि सभामुखले शून्य र विशेष समय तोक्न सक्नेछन् ।

अघिल्लो बैठक र प्रारम्भ हुन लागेको बैठक बीचको अवधिको कुनै गम्भीर प्रकृतिको घटना वा विषयको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउन सदस्यले ढ्याप ढ्याप गरी समय माग गरेमा सभामुखले आकस्मिक समय उपलब्ध गराउन सक्नेछन् ।

आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा दिनुपर्ने व्यवस्था छ । तर, कतिपय सांसद्हरू सभामा बोल्न नाम टिपाउँछन् तर सभामा उपस्थित हुँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?