+
+
Shares

बीपी राजमार्ग खुल्यो, साना गाडी मात्रै सञ्चालनमा

राजमार्ग खुले पनि तत्कालका लागि साना सवारीसाधन मात्र सञ्चालनमा आएको छ।

कपिल कोइराला कपिल कोइराला
२०८३ असोज १३ गते ११:५७

१३ असोज, काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण ९ असोजदेखि बन्द रहेको बीपी राजमार्ग खुलेको छ । राजमार्ग खुले पनि तत्कालका लागि साना सवारीसाधन मात्र सञ्चालनमा आएको छ।

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार रोशी खोलामा आएको बाढीले बगाएको स्थानमा डाइभर्सन बनेपछि सवारीसाधन सञ्चालनमा आएको जानकारी दिए ।

उनका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी-७ को घुमाउने, रोशी-११ र १२ को माम्तीमा रोशी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएको थियो भने नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेको थियो।

सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार चौकीडाँडामा खोलाबाट र खोला भन्दा माथिबाट गरी दुई ठाउँबाट डाइभर्सन बनाइएको छ ।

अहिले साना सवारीसाधन र दिउॅसोदेखि सबै खाले सवारीसाधन पूर्ववत रूपमा सञ्चालनमा आउने जनाएको छ । ६ चक्के मालवाहक सवारीसाधन, बस तथा मिनीबसका लागि भने अझै केही घण्टा पर्खनुपर्ने भएको छ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?