+

२०औं एसियन गेम्स : आर्चरीका सबै इभेन्टबाट बाहिरियो नेपाल

२०८३ असोज  १३ गते १२:०६ २०८३ असोज १३ गते १२:०६

१३ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत आर्चरीबाट नेपालका तिलक पुनमगर र ज्ञानु अवाले बाहिरिएका छन् ।

जापानको ओकाजाकी चुओ सोगो पार्क बहुउद्देश्यीय हलमा भएको खेलमा रिकर्भ पुरुष सिंगलमा नेपाल तिलक कतारका खेलाडीसँग पराजित हुँदै बाहिरिए । उनी कतारका अहमद अल–सादासँग ६-२ ले पराजित भए । तिलकले एक राउन्डमा मात्र अहमदलाई पछि पार्न सके ।

रिकर्भ महिला सिंगलतर्फ नेपालकी ज्ञानु कतारकी रिम अल–साईसँग पराजित भइन् । उनी रिमसँग ७–१ ले पराजित हुन पुगिन् । उनले दोस्रो राउन्डमा बराबरी गर्दै एक अंक जोडेकी थिइन् ।

तिलक र ज्ञानुको जोडी यसअघि रिकर्भ मिक्स्ड टिमबाट यसअघि नै बाहिरिसकेका छन् । युएईका आयशा आलाली र खलिफा अल्काबीको जोडीसँग ६–२ ले पराजित हुँदै उनीहरु बाहिरिएका हुन् ।

योसँगै आर्चरीमा नेपालको चुनौती सकिएको छ ।

२०औं एसियन गेम्स एसियन गेम्स आर्चरी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय