+
+
Shares

कपनमा ३३ लाख बराबरको चोरी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते १३:१३

१३ असोज, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानीमा ३३ लाख भन्दा बढीको चोरी भएको छ ।

कपन बालुवाखानीमा डेरा गरी बस्ने प्युठान घर भएकी ३९ वर्षीया सम्झना थापाको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहनाहरू समेत गरी करिब ३३ लाख १६ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

सोमबार दिउँसोको समयमा कोही नभएको मौकामा चोरी भएको प्रहरीले बताएको छ । चोरीमा संलग्नहरुको पहिचान र खोजी कार्य सुरु भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?