+

गण्डकीविरुद्ध भुटान ९६ रनमा अलआउट

२०८३ असोज  १३ गते १४:५९ २०८३ असोज १३ गते १४:५९

१३ असोज, काठमाडौं । पोखरा भ्रमणमा रहेको भुटान क्रिकेट टोली पहिलो अभ्यास खेलमा गण्डकी प्रदेशविरुद्ध ९६ रनमा समेटिएको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको भुटान १९ ओभर ३ बलमा ९६ रन जोड्दै अलआउट हुन पुग्यो ।

भुटानका लागि सोनाम चोपेल र रञ्जुङ मिक्यो दोर्जीले समान २७ रन बनाए । नामगे थिन्ले १६, नामगाङ चोजे २, थिन्ले जम्त्सो ७, ताशी दोर्जी २ र सोनाम येशे २ रनमा भए ।

ताशी फुन्छो ९ रनमा अविजित रहे । तेन्जिन राब्गे, गाकुल कुमार घाले र ताशी चोपेलले कुनै पनि रन बनाउन सकेनन् ।

बलिङमा गण्डकीका सुवास भण्डारीले सर्वाधिक ४ विकेट लिए । ४ ओभरमा उनले १५ रन खर्चेर ४ विकेट लिएका हुन् ।

अपराजित पौडेलले ३, कप्तान बिपिन खत्री, सुदीप अर्याल र सिव्रिन श्रेष्ठले एक-एक विकेट लिए ।

पोखरा भ्रमणमा रहेको भुटानले गण्डकी प्रदेश र क्यान–११ सँग दुईदुई अभ्यास खेल्ने तालिका छ ।

गण्डकी प्रदेश क्रिकेट भुटान क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय