+
+
Shares

चुनावी तालमेल वा कार्यगत एकता हुनसक्छ, झमेलामा फस्नेगरी पार्टी एकता हुन्न : ओली

अध्यक्ष ओलीले राजधानी वा सुविधाभोगी ठाउँमा बसेर कार्यक्षेत्रको जिम्मेवारी पूरा हुन नसक्ने भन्दै नेताहरूलाई ‘टुरिस्ट’ जस्तै नघुम्न निर्देशन दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते १६:५६

१३ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनहरूमा अन्य शक्तिसँग चुनावी तालमेल वा कार्यगत एकता हुनसक्ने बताएका छन् । मंगलबार पार्टीका मातहतका कमिटीसँग भर्चुअल बैठकमा बोल्दै ओलीले पार्टी एकता चर्चा भने समयको बर्बादी मात्रै रहेको टिप्पणी गरेका छन् ।

‘अन्य शक्तिहरूसँग चुनावी तालमेल वा विषयगत कार्यगत एकता हुनसक्छ,’ अध्यक्ष ओलीले भने, ‘तर अनावश्यक झमेलामा फस्ने गरी पार्टी एकताको चर्चा उपयुक्त छैन ।’

अध्यक्ष ओलीले राजधानी वा सुविधाभोगी ठाउँमा बसेर कार्यक्षेत्रको जिम्मेवारी पूरा हुन नसक्ने भन्दै नेताहरूलाई ‘टुरिस्ट’ जस्तै नघुम्न निर्देशन दिए ।

‘अब नेता–कार्यकर्ताको मूल्याङ्कन जेष्ठताका आधारमा होइन, काम र श्रेष्ठताका आधारमा हुन्छ । आफूलाई बदल्नुहोस्, शालीनता र विनम्रता सिक्नुहोस्,’ उनले भने ।

देश बनाउने स्पष्ट खाका र नीति एमालेसँग मात्रै रहेको समेत ओलीले दाबी गरे । उनले भने, ‘त्यसैले आत्मबलका साथ जनतामाझ पुगेर भरोसा जगाउनुहोस् ।’

फागुनको निर्वाचनमा भोग्नुपरेको क्षति बाह्य आक्रमण, योजनाबद्ध विध्वंस र पार्टीभित्रको आन्तरिक कमजोरीका कारण भएको ओलीले दाबी गरे ।

अबका दिन तथ्य, तर्क र प्रमाणका आधारमा विरोधीहरूले फैलाएका भ्रमहरू चिर्न डिजिटल क्याम्पेन (प्रविधिमैत्री प्रचार) सञ्चालन गरिने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?