+
+
Shares

सेती प्रादेशिक अस्पतालमा २२ दिनसम्म बनेन बिग्रेको सीटी स्क्यान मेसिन

मुख्यमन्त्री खगराज भट्ट अस्पताल सुधारका लागि भन्दै बारम्बार अनुगमनमा पुग्छन् । तर, २४ भदौमा बिग्रिएको सीटी स्क्यान मेसिन भने मर्मत नहुँदा सेवा पूर्णरूपमा ठप्प छ ।

जनक विष्ट जनक विष्ट
२०८३ असोज १३ गते २०:१४

१३ असोज, धनगढी । सुदूरपश्चिम प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालको सीटी स्क्यान बिग्रिएको लामो समयसम्म मर्मत सम्भार नगरिदा बिरामी मर्कामा परेका छन् ।

मुख्यमन्त्री खगराज भट्ट अस्पताल सुधारका लागि भन्दै बारम्बार अनुगमनमा पुग्छन् । तर, २४ भदौमा बिग्रिएको सीटी स्क्यान मेसिन भने मर्मत नहुँदा सेवा पूर्णरूपमा ठप्प छ ।

यसअघि प्रादेशिक अस्पतालले दैनिक ३०–३५ जनाको सिटी स्क्यान गर्दै आएको थियो । न्यूनतम तीनदेखि छ हजार रुपैयाँसम्ममा तिरेर सिटी स्क्यान गर्दै आएका बिरामी सेवा बन्द भएपछि निजी स्वास्थ्य संस्थामा दोब्बर–तेब्बरसम्म शुल्क तिर्न बाध्य छन् ।

अस्पतालका व्यवस्थापन अधिकृत वेदप्रकाश जोशीका अनुसार २४ भदौको राति करिब साढे ११ बजेतिर सीटी स्क्यान मेसिनको ट्युब बिग्रिएको थियो । भोलिपल्ट मेसिन सप्लाई गर्ने कम्पनीका इन्जिनियर आएर जाँच गरेका थिए ।

उनले मेसिनको ट्युब नै फेर्नुपर्ने भएपछि सेवा बन्द गरिएको बताए । नयाँ ट्युब आयात भएर भन्सार कार्यालयमा रहेको बताउँदै उनले शुक्रबारसम्म धनगढी आइपुग्ने दाबी गरे ।

सीटी स्क्यान मात्रै होइन, सेतीका डायलासिस मेसिनसमेत बिग्रिएपछि मिर्गौला पीडित बिरामी समेत समस्यामा छन् । अस्पतालमा रहेका २५ मध्ये ७ वटा डायलासिस मेसिन शनिबारदेखि बिग्रिएका छन् । ती मेसिनसमेत अहिलेसम्म मर्मत भएका छैनन् ।

व्यवस्थापन अधिकृत जोशीले छुट्टाछुट्टै सप्लायर्सबाट आपूर्ति गरिएकाले मेसिन मर्मत सम्भार गर्ने काम जारी रहेको बताए ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?