+
+
Shares

ससुराको हत्या आरोपमा बुहारी पक्राउ

अनुसन्धानका क्रममा मृतककी माइली बुहारीको संलग्नता रहेको पाइएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते २०:५३

१३ असोज, सुर्खेत । जाजरकोटमा ७५ वर्षीय ससुराको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन् ।

जुनीचाँदे गाउँपालिका–५ पाँगाका ७५ वर्षीय गंगाराम शाही साउन ११ गते राति करिब ८ बजे आफ्नै घरको सिँढी नजिकै मृत अवस्थामा फेला परेका थिए । उनको घाँटीमा धारिलो वस्तुले प्रहार गरिएको देखिएको थियो ।

घटनास्थलबाट प्रहरीले धारिलो खुर्पासमेत बरामद गरेको थियो ।

अनुसन्धानका क्रममा मृतककी माइली बुहारी सर्मिला शाहीको हत्यामा संलग्नता रहेको पाइएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी सर्मिलालाई अदालतमा उपस्थित गराएर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुधीरकुमार खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?