१३ असोज, काठमाडौं । आठ दिनसम्म चलेको इन्द्रजात्रा मंगलबार सकिएको छ । काठमाडौंको हनुमानढोकास्थित कालभैरवको मूर्ति अगाडि लिंगो(य:सिं) ठड्याएर सुरु हुने इन्द्रजात्रा(येँया) का क्रममा श्वेत भैरवको मुखबाट प्रसाद (जाँड) र समयबजी वितरण गरिन्छ ।
इन्द्रजात्राको छैटौं दिन महिलाहरूका लागि विशेष मानिन्छ । जात्रा नसकिँदासम्म हरेक दिन बेलुकी श्वेत भैरवको प्रसाद स्वरूप जाँड र समयबजी खुवाइने प्रचलन छ ।

केही वर्ष यता महिलाहरूले एक दिन प्रसादको रूपमा जाँड र समय बजी खाने तथा जीवित देवी भनिने कुमारीको रथ तान्ने काम गर्दै आएका छन् ।
श्वेत भैरवको मुखबाट निस्कने जाँड खाँदा विभिन्न रोगहरू निको हुने जनविश्वास छ ।













तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4