+
+
Shares

धनकुटामा कांग्रेसको क्षेत्रीय अधिवेशनबाट नेतृत्व र प्रतिनिधि चयन

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते ८:३०

१४ असोज, धनकुटा । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत धनकुटामा सम्पन्न प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा प्रदेश प्रतिनिधिहरु चयन भएका छन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणाम अनुसार विभिन्न क्लस्टर र समावेशी समूहबाट प्रतिनिधिहरु निर्वाचित तथा निर्विरोध चयन भएका हुन् । अधिवेशनबाट प्रदेश सभा क्षेत्रीय कार्यसमिति ‘क’ को सभापतिमा नेपालधन राई निर्विरोध निर्वाचित भएका छन् । उपसभापतिमा दिलकुमार राई, सचिवमा कमलप्रसाद बराल, सहसचिव (महिला) मा रेजिना हिमाङ र सहसचिव (खुला) मा रुजान राई निर्विरोध चयन भएका छन् ।

यस्तै, प्रदेशसभा ‘ख’ क्षेत्रीय कार्यसमितिको सभापतिमा प्रेम भण्डारी र सचिवमा वीरबहादुर थापा निर्वाचित भएका छन् । सभापति पदमा भण्डारीले विष्णु पौडेललाई तथा सचिव पदमा थापाले विवस श्रेष्ठलाई पराजित गरेका हुन् । उपसभापतिमा तेजकुमार श्रेष्ठ, सहसचिव (महिला) मा सृजना काँफ्ले र सहसचिव (खुला) मा दिपक बुढाथोकी निर्विरोध चयन भएका छन् ।

को-को भए महाधिवेशन प्रतिनिधि ?

यस्तै महाधिवेशन प्रतिनिधीमा महिला खुलातर्फ अम्विका धमला, इन्दिरा थापा (कटुवाल), लिला सुब्बा र सुमना तिम्सिना निर्विरोध निर्वाचित भएका छन् । खुलातर्फ अग्नी प्रसाद पौडेल, दिनेश राई, ध्रुवराज रायमाझी, नवीन किशोर शाक्य, निर्मल प्रसाद ओझा र मनोहर नारायण श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यस्तै अन्य खुला उम्मेदवारमध्ये विजय सन्तोषी राई, सिद्धार्थ थापा, हरि कुमार राई तथा ज्ञानबहादुर गुरुङ पनि निर्वाचित भएको े निर्वाचन अधिकृत रमेश दाहालले जानकारी दिनुभयो । हरि कुमार राई, अग्नीप्रसाद पौडेल र मनोहर नारायण श्रेष्ठ कांग्रेस धनकुटाका पूर्व सभापति हुन भने दिनेश राई बर्तमान सभापति हुन् ।

श्रमिकतर्फ भीमबहादुर थापा निर्वाचित भएका छन् भने व्यावसायिक विषय विज्ञतर्फ प्रकाशकुमार राई (थुलुङ) निर्वाचित भएका छन्। युवा (महिला) तर्फ प्रिती राई निर्विरोध निर्वाचित भएकी छन् । युवा खुलातर्फ करुणा कटुवाल र गोविन्द लिम्बू निर्वाचित भएका छन् । कटुबाल नेपाल विद्यार्थी संघकी केन्द्रीय सभापति रहेकी छन् । त्यसैगरी अपांगता समूहबाट विक्रम ढकाल, अल्पसंख्यकतर्फ तिर्थ राई (वान्तवा), दलिततर्फ हरि कुमार दियाली (विश्वकर्मा) तथा प्रजातन्त्र सेनानी, शहीद परिवार र द्वन्द्वपीडिततर्फ आनन्द कुमार सन्तोषी राई निर्विरोध निर्वाचित भएका छन् ।

समानुपातिकतर्फ दलितबाट शिवराज विश्वकर्मा, आदिवासी जनजातितर्फ जुना श्रेष्ठ र आदिवासी जनजाति महिला तर्फ निरुपा राई (आठपहिरिया) तथा हिमाकुमारी चेम्जोङ निर्विरोध निर्वाचित भएका छन् । चेम्जोङ नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी महासचिव रहेकी छन् । आदिवासी जनजाति खुलातर्फ अशोक राई निर्वाचित भएका छन् ।

प्रदेश प्रतिनिधि चयनमा अधिकांश पद निर्विरोध

निर्वाचन समितिका अनुसार प्रदेश क बाट महिला क्लस्टरतर्फ कृष्णमाया श्रेष्ठ र झरिला उप्रेती (रिजाल) निर्विरोध चयन भएका छन् । खुला क्लस्टरतर्फ खड्ग बहादुर लिम्बू, गजेन्द्र कुमार फागो, चिन्तामणि पौडेल, नगेन्द्रबहादुर तामाङ, भूपेन्द्र भण्डारी, भूपेन्द्र राई, मिनबहादुर कार्की र सपन श्रेष्ठ निर्विरोध चयन भएको उल्लेख छ । त्यस्तै, पेशागत विषयविज्ञतर्फ लोकबहादुर खड्का, युवा (महिला) तर्फ सृष्टिका राई, युवा (खुला) तर्फ रामकुमार राई, श्रमिकतर्फ रत्नबहादुर बस्नेत, जनआन्दोलन सेनानी, सहिद परिवार तथा द्वन्द्वपीडिततर्फ निर्मला थापा, दलिततर्फ रविन्द्र नेपाली र अल्पसंख्यकतर्फ जितेन्द्र राई निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।

समानुपातिकतर्फ आदिवासी जनजाति महिला क्लस्टरबाट गंगामाया लिम्बू र संगीता राई, आदिवासी जनजातितर्फ देवेन्द्रबहादुर राई, बुद्धबहादुर तितुङ र साजन राई तथा खस आर्यतर्फ दुर्गा सुवेदी चयन भएका छन् ।

प्रदेश ख बाट महिला क्लस्टरबाट इन्दिरा कार्की र लक्ष्मी कार्की, खुलातर्फ गंगादेव राई, झडेन्द्र खतिवडा, टंकबहादुर भट्टराई, तिलबहादुर महत (तिलक), मदन घिमिरे, युवराज पराजुली, राजेन्द्रप्रसाद पौडेल र विश्वनाथ दाहालको निर्विरोध चयन भएका छन् । पेशागत विषयविज्ञमा डम्बरबहादुर पौडेल, युवा (महिला)मा सोनी बुढाथोकी, युवा (खुला)मा सविन चापागाईं, अपांगता क्लस्टरमा कपिल राज थापा र श्रमिकमा लीला बल्लभ घिमिरे पनि निर्विरोध चयन भएका छन् ।

यसैगरी जनआन्दोलन सेनानी, सहिद परिवार तथा द्वन्द्वपीडिततर्फ केदारप्रसाद घिमिरे, दलिततर्फ इन्द्र दर्नाल, अल्पसंख्यकतर्फ पुनबहादुर राई, समानुपातिक आदिवासी जनजातितर्फ भरत श्रेष्ठ र लेखबहादुर गान्छाकी, समानुपातिक खस आर्यतर्फ गीता कार्की र चिरञ्जीवी थापा रहेको निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?