१५ असोज, काठमाडौं । बजाजले आफ्नो लोकप्रिय पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
शक्ति, तीव्रता र आत्मविश्वासका लागि परिचित ढाँटसँगको यो सहकार्यले पल्सर एनएसको प्रदर्शनमुखी पहिचान थप बलियो बनाउने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।
‘र पावर मिट्स र पावर’ भन्ने मूल अवधारणामा आधारित यो सहकार्यले ढाँटको व्यक्तित्व र पल्सरको आक्रामक प्रदर्शनबीचको समानतालाई प्रस्तुत गर्ने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार ढाँटको शक्ति, तीव्रता र प्रभावशाली व्यक्तित्व पल्सर पावर, प्रदर्शन र मस्कुलर स्ट्रिट फाइटर डिजाइनसँग मेल खाने छ ।
पल्सरलाई शक्ति, प्रदर्शन र आक्रामक राइडिङ चरित्रका लागि परिचित मोटरसाइकलका रूपमा स्थापित गर्दै आएको बजाजले ढाँटसँगको सहकार्यबाट यही पहिचान अझ प्रभावकारी प्रस्तुत गर्ने जनाएको छ ।
यस सहकार्यले विशेषगरी युवा तथा प्रदर्शनमुखी मोटरसाइकलप्रति रुचि राख्ने राइडरहरूसँग ब्रान्डको सम्बन्ध थप बलियो बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।
ढाँट अब पल्सर एनएसका विभिन्न ब्रान्ड कम्युनिकेसन, अभियान तथा उपभोक्ता संलग्नता गतिविधिमा देखिनेछन् । यसमार्फत पल्सरका उत्पादनका विशेषता र प्राविधिक पक्षसँगै शक्ति, आत्मविश्वास, प्रदर्शन र बोल्ड एटिच्युड पनि थप प्रभावकारी रूपमा प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।
बजाजका अनुसार ढाँट र पल्सरबीचको सहकार्य दुई फरक पहिचानलाई एउटै भावनामा जोड्ने प्रयास हो । दुवैको केन्द्रमा रहेको शक्ति र प्रदर्शनको भावनाले पल्सरको व्यक्तित्वलाई अझ स्पष्ट र विशिष्ट बनाउन सहयोग गर्ने कम्पनीको विश्वास छ ।
पल्सर र ढाँटसँग सम्बन्धित आगामी अभियान तथा सामग्रीका लागि ग्राहकहरूले बजाज नेपालको आधिकारिक सामाजिक सञ्जाल तथा अन्य सञ्चारमाध्यमहरू हेर्न सक्नेछन् ।
साथै, पल्सरका बारेमा थप जानकारीका लागि नजिकैको बजाज शोरुममा सम्पर्क गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।
प्रतिक्रिया 4