+
+
Shares

कांग्रेसको १५ औं महाधिवेशन : अतिथिलाई रुख अंकित खादा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १८ गते १४:२२
तस्वीर : केशव सावद/अनलाइनखबर

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको उदघाटन समारोहमा सहभागी हुने अतिथिहरुलाई रुख अंकित खादा ओढाउने भएको छ ।

खादालाई काठमाडौंका आदिवासी नेवार समुदायको सांस्कृतिक पहिरनसँग मिल्दोजुल्दो रंग र बुट्टामा तयार पारिएको छ । सो खादामा कांग्रेसको चुनाव चिह्न रुखसँगै र पार्टीको चारतारे झण्डा समेत अंकित छ ।

कांग्रेसको १५ औं महाधिवेशनको उदघाटन समारोह काठमाडौंको खुलामञ्चमा हुँदैछ । उदघाटन समारोहमा अतिथिको रुपमा सहभागी हुन नेपालका साथै विदेशका विभिन्न राजनीतिक दलका नेताहरुलाई समेत बोलाइएको छ ।

उदघाटन समारोहपछि भोलि र पर्सि बन्दसत्र हुनेछ । बन्दसत्रमा करिब ७ हजार बढी प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ । प्रतिनिधिहरुका लागि लागि हिमाल, पहाड र तराई–मधेश नामका तीन हल तयार पारिएको छ ।

नयाँ नेतृत्व चयनका लागि सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम छ । मतदानमा विद्युतीय भोटिङ मेसिन प्रयोग नहुने कांग्रेसले जनाएको छ ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?