+
+
Shares
गोप्य सूचना ‘लिक’ प्रकरण :

एआईजी वंशीसँग कनेक्सन देखिएका सापकोटा प्रहरी हिरासतमा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते १३:०९

२० असोज, काठमाडौं । गोप्य र संवेदनशील सूचनाहरू चुहाएको आरोपमा निलम्बन गरेर छानबिन सुरु गरिएका सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहालसँग कनेक्सन देखिएका  इनम सापकोटा प्रहरी हिरासतमै रहेको खुलेको छ ।

उनी अहिले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको हिरासतमा रहेको पाइएको छ । परिसरका एसपी तथा प्रवक्ता दानबहादुर थापाले सापकोटा हिरासतमै रहेको पुष्टि गरे । ‘उहाँ हाम्रो हिरासतमा हुनुहुन्छ । विगत ३/४ दिनदेखि अनुसन्धान भइरहेको छ,’ प्रवक्ता थापाले अनलाइनखबरसँग भने ।

उनका अनुसार उनीमाथि अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । अभद्र म्याद लिएर अनुसन्धान गरे पनि उनको कसुर भने अभद्र व्यवहारको नभई सूचनासँग सम्बन्धीत रहेको स्रोतको भनाइ छ ।

सापकोटाको कनेक्सन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरादेखि व्यवसायी दीपक भट्टसम्म रहेको स्रोतको दाबी छ । पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले नियन्त्रणमा लिएर १२ घण्टापछि छाडेको थियो । त्यतिबेला प्रहरीले चालेन्द्रको मोबाइल समेत नियन्त्रणमा लिएर हेरेको थियो ।

त्यसपछि सापकोटा प्रहरीको राडरमा परेका थिए । उनलाई प्रहरीको विशेष व्यूरोले नियन्त्रणमा लिएको थियो । त्यसपछि परिसर काठमाडौंलाई बुझाएको थियो । अहिले परिसर काठमाडौंले उनीमाथि अनुसन्धान गरिरहेको छ । उनै सापकोटासँग समेत गोप्य सूचनाहरू ह्वाट्स एपमा चुहाएको आरोपमा अहिले सशस्त्र एआईजी दाहाललाई निलम्बन गरेर छानबिन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?