+
+
Shares

पूर्णको घरमा बन्दुक बनाउने आरन

उनले घरमै भरुवा बन्दुक बनाउने आरन राखेका थिए । बन्दुक बनाएर उनले बिक्रीसमेत गर्ने गरेको प्रहरीले बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २२ गते १५:४४

२२ असोज, विराटनगर । घरमा आरन राखेर बन्दुक बनाउने एक जना पक्राउ परेका छन् । मोरङको लेटाङ नगरपालिका–७, वारङ्गी कोलाघारबाट स्थानीय ४५ वर्षीय पूर्णलावती लिम्बुलाई उनकै घरबाट पक्राउ गरेको हो ।

उनले घरमै भरुवा बन्दुक बनाउने आरन राखेका थिए । बन्दुक बनाएर उनले बिक्रीसमेत गर्ने गरेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार बिहीबार बिहान लिम्बुको घरमा खानतलासी गर्दा उनको कोठामा भरुवा बन्दुक १ थान फेला परेको थियो ।

हतियार निर्माण गर्ने आरन भएको अर्को कोठाबाट दबासवाला बन्दुक १ थान र भरुवा बन्दुकमा प्रयोग हुने पार्टपुर्जा बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

अवैध हातहतियार तथा निर्माण सामग्रीसहित पक्राउ परेका लिम्बुमाथ इलाका प्रहरी कार्यालय लेटाङले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?