+

आईसीसीको आगामी बोर्ड बैठक नेपालमा गर्ने तयारी

२०८३ असोज  २२ गते २०:०३ २०८३ असोज २२ गते २०:०३

२२ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आगामी बोर्ड बैठक नेपालमा गर्ने तयारी भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहले एनपीएल २०२६ कै दौरान आईसीसीको बोर्ड बैठक नेपालमा गर्ने तयारी भइरहेको बताएका हुन् ।

‘आईसीसीको बोर्ड बैठक एनपीएलकै सन्दर्भमा नेपालमै राख्ने कुरा लगभग एउटा तहसम्म कुरा पुगिसकेको छ, केही कुराहरू बाँकी छन् । चाँडै नै आधिकारिक जानकारी आउनेछ’ सिंहले भनेका छन् ।

आईसीसीबाट प्रतिनिधि आउनाले नेपालको पर्यटकीय हिसाबले पनि सकारात्मक कुरा रहने र क्रिकेटको विषयलाई पनि थप सहयोग पुग्ने सिंहको भनाइ छ ।

एनपीएलको उत्तरार्द्धका बेला केही खेलहरू मात्र बाँकी रहेको अवस्थामा उक्त बैठक हुनसक्ने सिंहले बताए । ‘त्यसबेलामा क्रिकेटको माहोल पनि हेरिसकेपछि आईसीसीले नेपाललाई हेर्ने नजर पनि परिवर्तन होस् भन्ने वातावरण बनाउन खोजेका हौं’ सिंहले भने ।

एनपीएलको तेस्रो संस्करण यही कात्तिक ९ देखि सुरु हुँदैछ । एनपीएलका लागि अहिले त्रिवि क्रिकेट मैदानमा तीव्र रूपले तयारीका कामहरू भइरहेको छ ।

आईसीसी बोर्ड बैठक नेपाल क्रिकेट संघ क्यान

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय