+

अमेरिकाले दुई खेल खेल्नुअगावै जित्यो लिग २ क्रिकेटको उपाधि

२०८३ असोज  २२ गते १३:३८ २०८३ असोज २२ गते १३:३८

२२ असोज, काठमाडौं । अमेरिकाले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को उपाधि जितेको छ । बुधबार डलासस्थित ग्रान्ड प्रेरी स्टेडियममा नामिबियालाई ४ विकेटले पराजित गर्दै अमेरिकाले लिग २ को उपाधि पक्का गरेको हो ।

नामिबियाले दिएको २९९ रनको लक्ष्य अमेरिकाले ४८ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो । अमेरिकाको जितमा कप्तान मोनांक पटेलले १०८ रनको शतकीय पारी खेले । स्मित पटेलले ५० तथा शेहान जयसूर्याले ७४ रन बनाए ।

मोनांकको संयमित ब्याटिङसँगै स्मित र जयसूर्याको महत्वपूर्ण योगदानले अमेरिकालाई कठिन लक्ष्य पछ्याउँदै जित निकाल्न सहयोग गर्‍यो । अमेरिकाले लक्ष्य पूरा गर्दा सात बल बाँकी थियो ।

यस जितसँगै अमेरिकाले लिग २ को अंकतालिकामा थप दुई अंक जोड्दै उपाधि पक्का गरेको हो । प्रतियोगितामा सहभागी आठमध्ये अन्य टोलीले खेल खेल्न बाँकी रहे पनि अमेरिकालाई अब कुनै टोलीले अंकमा भेट्न नसक्ने भएको छ ।

अमेरिकाको ३४ खेलबाट ४७ अंक भएको छ । दोस्रो स्थानको स्कटल्यान्डले ३६ खेल खेलेको छ र ४५ अंक छ । तेस्रो स्थानको नेदरल्यान्ड्सको ३२ खेलबाट ३८ अंक छ । चौथो स्थानको ओमानको २८ खेलबाट ३१ अंक छ ।

ओमानले बाँकी सबै खेल जितेपनि जित संख्या अमेरिकाको नै धेरै रहेको हुँदा अमेरिका शीर्षस्थानमै रहनेछ ।

यसअघि अमेरिकाले विश्वकप छनोट प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरिसकेको थियो । लिग–२ को उपाधिसँगै अमेरिकाले आगामी वर्ष दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकपमा स्थान बनाउनका लागि छनोट प्रतियोगितामार्फत थप अवसर पाउनेछ।

अमेरिका क्रिकेट अमेरिकी क्रिकेट टोली लिग २ क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय