+

पोखरा एभेन्जर्सको स्पोर्ट्स एम्बासडरमा हिमाल सुनारी

२०८३ असोज  २२ गते १४:३३ २०८३ असोज २२ गते १४:३३

२२ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले नेपाली राष्ट्रिय भलिबल टोलीका सदस्य तथा नेपाल भलिबल लिग (एनभीएल) पहिलो संस्करणका च्याम्पियन अन्नपूर्ण स्पाइकर्स किङ्सका कप्तान हिमाल सुनारी मगरलाई स्पोर्ट्स एम्बासडर नियुक्त गरेको छ।

बिहीबार आयोजित कार्यक्रममा पोखरा एभेन्जर्सका महाप्रबन्धक अमित लोहनी र हिमालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

मिडल ब्लकर हिमालले एनभीएलको पहिलो संस्करणमा अन्नपूर्ण स्पाइकर्स किङ्सको कप्तानी गर्दै टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

घरेलु भलिबलमा पछिल्लो समय चर्चामा आएका हिमालले केही समयअघि पाकिस्तानमा सम्पन्न काभा पुरुष भलिबल च्याम्पियनसिपमार्फत नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।

पोखरा एभेन्जर्सले ‘टु टिम, वान ड्रिम’ अवधारणाअन्तर्गत गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने क्रिकेट र भलिबलका दुई फ्रेन्चाइज टोलीलाई जोड्ने उद्देश्यले हिमालसँग सहकार्य गरेको जनाएको छ ।

पोखरा एभेन्जर्सका महाप्रबन्धक लोहनीले एउटै शहर र प्रदेशको प्रतिनिधित्व गर्ने दुई फरक खेलका फ्रेन्चाइज टोलीबीच सहकार्य र सहअस्तित्वको भावना विकास गर्न हिमाललाई स्पोर्ट्स एम्बासडर बनाइएको बताए ।

‘पोखरा एभेन्जर्स र भलिबलको अन्नपूर्ण स्पाइकर्स किङ्स फरक खेलका टोली भए पनि हाम्रो आधार र भावना एउटै हो । गण्डकी प्रदेश र पोखराको खेलकुदलाई अझ बलियो बनाउने उद्देश्यले हिमालसँग सहकार्य गरेका हौं’ लोहनीले भने ।

स्पोर्ट्स एम्बासडरका रूपमा हिमालले पोखरा एभेन्जर्सको ब्रान्ड प्रवर्द्धन, समर्थकसँगको सम्बन्ध विस्तार तथा क्रिकेट र भलिबलबीचको सहकार्यलाई थप मजबुत बनाउन भूमिका खेल्नेछन् ।

एनपीएलको तेस्रो संस्करणको तयारीमा रहेको पोखरा एभेन्जर्सले प्रशिक्षणसमेत सुरु गरिसकेको छ। टोलीले मार्की खेलाडी कुशल भुर्तेलसहित सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना र दिनेश खरेललाई रिटेन गरेको थियो।

अक्सनमार्फत पोखराले अर्जुन घर्ती मगर, विवेक रानामगर, सुदीप आर्याल, सन्नी बीके, विपिन आचार्य र प्रतीक पोखरेललाई टोलीमा आबद्ध गरेको छ।

विदेशी खेलाडीका रूपमा बंगलादेशका अलराउन्डर शकिब अल हसनलाई अनुबन्ध गरेको पोखराले श्रीलंकाका अलराउन्डर धनञ्जय लक्षणलाई लगातार दोस्रो सिजन टोलीमा निरन्तरता दिएको छ।

पोखराको मुख्य प्रशिक्षकमा श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय खेलाडी बलापुवाडुगे अजन्ता विन्स्लो मेन्डिस नियुक्त भएका छन्। मेन्डिस नेपाल आइसकेका छन् र टोलीको प्रशिक्षणसमेत सुरु गरिसकेका छन्।

पोखरा एभेन्जर्स हिमाल सुनारी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय