+

नामिबिया खस्किँदा ओडीआई वरीयतामा नेपालको एक स्थान सुधार

२०८३ असोज  २२ गते १३:०९ २०८३ असोज २२ गते १३:०९

२२ असोज, काठमाडौं । आईसीसी ओडीआई टिम वरीयतामा नेपाली क्रिकेट टोली एक स्थान माथि उक्लिएको छ ।

आईसीसीले बिहीबार अद्यावधि गरेको नयाँ वरीयताअनुसार नेपाल १७औं स्थानबाट १६औं स्थानमा उक्लिएको हो ।

नेपालभन्दा माथि रहेको नामिबिया एक स्थान खस्किएका कारण नेपाल माथि उक्लिएको हो । नेपाल र नामिबियाको रेटिङ अंक भने समान २८ रहेको छ ।

नेपालले एसीसी प्रिमियर कप जितेयता कुनै ओडीआई खेल खेलेको छैन । नेपालले अब आइतबार लिग २ अन्तर्गतको शृङ्खलामा क्यानडासँग खेल्दैछ ।

नामिबियाले हाल अमेरिकामा भइरहेको ओडीआई शृङ्खला खेलिरहेको छ । यूएईसँगको खेल वर्षाले प्रभावित हुँदा अमेरिकासँग पराजित भयो ।

आईसीसी वरीयता ओडीआई वरीयता नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय