+

एन्फा कार्यसमिति बैठक बोलाउन वरिष्ठ उपाध्यक्षसहित ११ जनाको माग

२०८३ असोज  २२ गते ७:३४ २०८३ असोज २२ गते ७:३४

२२ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक बोलाउन वरिष्ठ उपाध्यक्षसहित कार्यसमितिका ११ जनाले माग गरेका छन् ।

एन्फाको विधानको धारा ३१(२) बमोजिम कार्यसमितिका एक तिहाइ वा सोभन्दा बढी सदस्यले लिखित माग गरेमा कार्यसमितिको बैठक अनिवार्य रूपमा बोलाउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार कार्यसमितिका ११ जनाले बैठक बोलाउन माग गरेका हुन् ।

बैठकमा एन्फाको वर्तमान अवस्था, नेपाली फुटबलको विकासका लागि सरकारसँग पहल तथा समन्वय, एन्फाको निर्वाचन, एन्फाका सदस्य दिलिप धिमालको निधनप्रति शोक प्रस्तावलगायतका विषयमा छलफल गर्नुपर्ने माग गरिएको छ।

पत्रमा वरिष्ठ उपाध्यक्ष वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्षहरू विराटजंग शाही, दीपक खतिवडा र दीर्घबहादुर केसीले हस्ताक्षर गरेका छन् । यस्तै सदस्यहरु महेन्द्र क्षेत्री, मनिप जोशी, पेमा डोल्मा लामा, रवीन्द्र चन्द, रुपेश अधिकारी, टीकाराम लामा र भरतबहादुर बुढथापाले माग पत्रमा हस्ताक्षर गरेका छन् ।

तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अर्न्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट २४ जुन यता एन्फा निलम्बनमा छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । जोशी र पाण्डे हिरासतमा छन् । नेम्वाङ र राईलाई भने हालसम्म पक्राउ गरिएको छैन ।

अखिल नेपाल फुटबल संघ (एन्फा) एन्फा कार्यसमिति बैठक

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय