+

अभ्यास खेलमा नेपालविरुद्ध ओमान ए १६० रनमा अलआउट

२०८३ असोज  २१ गते १४:४० २०८३ असोज २१ गते १४:४०

२१ असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको शृङ्खलाका लागि ओमानमा रहेको नेपाली क्रिकेट टोलीले ओमान ए विरुद्ध पहिलो अभ्यास खेलमा १६१ रनको लक्ष्य पाएको छ ।

ओमान क्रिकेट एकेडेमी टर्फ २ मा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमान ए ले ३९.५ ओभरमा अलआउट हुँदै १६० रन बनायो ।

कप्तान हम्माद मिर्जाले सर्वाधिक ५४ रन बनाए । जिक्रिया इस्लामले ३५ तथा सन्जु सजीवले ३४ रन बनाए ।

नेपालका लागि नन्दन यादवले ५ ओभरमा १७ रन दिएर ३ विकेट लिए । करण केसी र सन्दीप लामिछानेले २-२ विकेट लिँदा गुल्शन झा, ललित राजवंशी र शाहब आलमले १-१ विकेट लिए ।

ओमानमा आगामी सातादेखि नेपाल, ओमान र क्यानडा सम्मिलित लिग २ अन्तर्गतको ओडीआई शृङ्खला सुरु हुँदैछ ।

 

अभ्यास खेल ओमान ए क्रिकेट नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय