News Summary
Generated by OK AI. Editorially reviewed.- रौतहटको लालबकैया नदीमाथिको पुलमा सबै ६ स्पान निर्माण सकिएर फुटपाथ, रेलिङ र एक्स्पान्सन ज्वाइन्टको काम पनि पूरा भएको छ ।
- २०७१ सालमा ठेक्का सम्झौता भएको यो पुल समयमै नसकेपछि निर्माण कम्पनीलाई कालोसूचीमा राखेर २०७९ सालमा पुनः ठेक्का आह्वान गरिएको थियो ।
- मन्त्री सुनिल लम्सालका अनुसार पुरानो सबस्ट्रक्चरको जिम्मेवारी स्पष्ट पारेर बजेट व्यवस्थापन गरेपछि अहिले एप्रोच रोड र रिभर ट्रेनिङको काम जारी छ ।
२३ असोज, काठमाडौं । रौतहट लालबकैया नदीमाथि पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार पुलका सबै ६ स्पान निर्माण सम्पन्न भएको छ । साथै अहिले फुटपाथ, रेलिङ र एक्स्पान्सन ज्वाइन्टको कामसमेत सकिएको मन्त्री सुनिल लम्सालले जानकारी दिएका छन् ।
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७१ सालमा यस पुलको ठेक्का सम्झौता भएको थियो । निर्माणमा ढिलाइ गरेसँगै निर्माण कम्पनीलाई कालोसूचीमा राखेर बाँकी कामका लागि सरकारले २०७९ सालमा पुन: ठेक्का आह्वान गरिएको थियो ।
नयाँ ठेक्का सम्झौता भएको एक वर्षसम्म पनि निर्माण कार्य अघि बढ्न सकेको थिएन । पुरानो ठेक्का अन्तर्गत निर्माण गरिएको सबस्ट्रक्चरको जिम्मेवारी स्पष्ट नहुने र पर्याप्त बजेट विनियोजन नभएका कारण निर्माण ढिला भएको मन्त्री लम्सालले बताए ।
समस्या पहिचानपछि डिभिजन कार्यालय मार्फत पुरानो निर्माण कार्यको जिम्मेवारी स्पष्ट पारिएको र आवश्यक बजेटको पूर्ण व्यवस्थापन गरेर निर्माणलाई गति दिइएको उनले बताए ।
अहिले एप्रोच रोड र रिभर ट्रेनिङको काम जारी रहेको मन्त्री लम्साललाई उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया 4