+
+
Shares

अनलाइनखबरकर्मी गौतमलाई पान पत्रकारिता पुरस्कार प्रदान गरिने

पत्रकार मणिका झालाई पनि अवार्डबाट सम्मान गरिने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते २१:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानाध्यापक संघ नेपालले यसवर्षको शिक्षा पत्रकारिता अवार्ड अनलाइनखबरकर्मी दिनेश गौतम र पत्रकार मणिका झालाई दिने भएको छ ।
  • संघले शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने विद्यालय, प्रधानाध्यापक, स्थानीय सरकार र व्यक्तित्वसहित ५ विधामा राष्ट्रिय पुरस्कार र सम्मान प्रदान गर्ने जनाएको छ ।
  • राष्ट्रिय शिक्षा उत्कृष्टता पुरस्कार केयूका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्मालाई ३० हजार राशिसहित प्रदान गरिनेछ ।

२३ असोज, काठमाडौं । प्रधानाध्यापक संघ नेपाल (पान) ले यसवर्षको शिक्षा पत्रकारिता अवार्ड अनलाइनखबरकर्मी दिनेश गौतमलाई प्रदान गर्ने भएको छ ।

त्यस्तै, पत्रकार मणिका झालाई पनि यो अवार्डबाट सम्मान गरिने भएको हो ।

शुक्रबार पत्रकार सम्मेलन गरी यसवर्षको शिक्षा पत्रकारिता पुरस्कार गौतम र झालाई दिने जानकारी गराइएको हो ।

संघका अध्यक्ष सुदाम गौतमले  शिक्षा क्षेत्रका विषयवस्तुलाई प्रभावकारी रूपमा उठाउने पत्रकारलाई अवार्ड प्रदान गर्ने निर्णय भएको बताए । उनका अनुसार, पुरस्कारको राशी जनही २५ हजार रहेको छ ।

संघले प्रत्येक वर्ष राष्ट्रिय सम्मेलनका अवसरमा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुरज्ञ्याउने विद्यालय, प्रधानाध्यापक, स्थानीय सरकार, शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्व तथा सञ्चारकर्मीहरुलाई विभिन्न राष्ट्रिय पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ ।

संघले यो वर्ष ५ वटा विधामा अवार्ड प्रदान गर्ने जनाएको छ ।

स्थानीय सरकार पुरस्कार अन्तर्गत महानगरपालिका/उपमहानगरपालिका, प्रत्येक प्रदेशबाट उत्कृष्ट नगरपालिका तथा उत्कृष्ट गाउँपालिकालाई सम्मान गरिने छ ।

विद्यालय पुरस्कार अन्तर्गत सातै प्रदेशबाट उत्कृष्ट सामुदायिक माध्यमिक विद्यालय र उत्कृष्ट सामुदायिक आधारभूत विद्यालयलाई प्रदान गरिनेछ ।

प्रधानाध्यापक पुरस्कार अन्तर्गत सातै प्रदेशबाट उत्कृष्ट सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा उत्कृष्ट सामुदायिक आधारभूत विद्यालयका प्रधानाध्यापक छनोट गरिएको छ ।

सातै प्रदेशका माध्यमिक विद्यालयका ७ र आधारभूत तहका ७ जनालाई जनही १० हजार राशिको पुरस्कार रहेको छ ।

राष्ट्रिय शिक्षा उत्कृष्टता पुरस्कार शिक्षा क्षेत्रको विकास, सुधार, नेतृत्व, नवप्रवर्तन वा रुपान्तरणमा दीर्घकालीन तथा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिलाई प्रदान गरिने विशिष्ट राष्ट्रिय सम्मान रहेको संघले जनाएको छ ।

यो पुरस्कार यो वर्ष केयूका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्मालाई मरोणप्रान्त अवार्ड प्रदान गर्न लागिएको हो । जसको पुरस्कार राशी ३० हजार रहेको छ ।

पुरस्कार छनोट गर्न संघले समिति बनाइएको थियो । समितिको संयोजकमा प्रा. डा. विद्यानाथ कोइराला तथा सदस्यहरू रामप्रसाद सुवेदी, नन्दकुमारी महर्जन, दिनेश कुमार श्रेष्ठ र सुदर्शन घिमिरे थिए ।

उक्त समितिले छनोट गरेको आधारमा संघले अवार्ड वितरण गर्न लागेको हो । पुरस्कार छनोट प्रक्रियालाई स्वतन्त्र, निष्पक्ष, पारदर्शीरुपमा गरिएको समितिका संयोजक प्रा.डा. कोइरालाले बताए ।

छनोट भएका सम्पूर्ण पुरस्कार तथा सम्मान तेस्रो राष्ट्रिय प्रधानाध्यापक सम्मेलन–२०८३ को विशेष समारोहमा प्रदान गरिनेछ ।

तेस्रो राष्ट्रिय सम्मेलन आगामी मंसिर ४ गतेदेखि ६ गतेसम्म धनुषाको जनकपुरमा हुँदै छ ।

यी हुन् अवार्ड पाउनेहरू–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?