+
+
Shares

ककरोच पार्टीको प्रदर्शनअघि दिल्लीमा इन्टरनेट बन्द गर्दै भारत सरकार

आदेशअनुसार इन्टरनेट सेवामाथिको यो प्रतिबन्ध आज राति १० बजेदेखि भोलि राति १० बजेसम्म लागु हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते २१:१३

ककरोच जनता पार्टी (सीजेपी) ले प्रदर्शन गर्ने तयारी गरिरहेका बेला भारत सरकारले दिल्लीका केही क्षेत्रमा इन्टरनेट सेवा बन्द गर्ने निर्णय गरेको छ ।

केन्द्र सरकारको गृह मन्त्रालयले दिल्लीका केही क्षेत्रमा इन्टरनेट सेवा बन्द गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ ।

ककरोच पार्टीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै शनिबारबाट दिल्लीको जन्तरमन्तरमा प्रदर्शनको आह्वान गरेको छ । सोही प्रदर्शनदलाई लक्षित गर्दै गृह मन्त्रालयले जारी गरेको आदेशअनुसार जनपथ–कर्तव्य पथ चोकको आसपास चार किलोमिटरको क्षेत्रमा अस्थायी रूपमा इन्टरनेट सेवा निलम्बन गरिनेछ ।

आदेशअनुसार इन्टरनेट सेवामाथिको यो प्रतिबन्ध आज राति १० बजेदेखि भोलि राति १० बजेसम्म लागु हुनेछ ।

यस निर्णयप्रति प्रतिक्रिया दिँदै सीजेपीका सहसंयोजक सौरभ दासले भारत सरकार नै लकडाउनमा रहेको टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘भारत सरकार लकडाउनमा छ । यो युवाहरूको शक्ति हो, तपाईंहरू सबैसँग भोलि भेटौँला ।’

यसअघि दिल्ली मेट्रोका ५७ वटा स्टेसनमा प्रवेश र बाहिरिने मार्ग बन्द गर्ने निर्णय पनि गरिएको थियो । साथै, दर्जनौँ रेल सेवासमेत रद्द गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?