+
+
Shares

कांग्रेस महाधिवेशन : सभापति पदको गणना थाल्ने तयारी, मटपेटिका सभागृह पुर्‍याइयो  

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २४ गते ०:५६
तस्वीर : मिडिया सेन्टर सदस्य महेश गौतम

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत सभापति पदको मतदानको गणना राष्ट्रिय सभागृहमा सुरु गर्ने तयारी गरिएको छ ।
  • खुलामञ्चबाट सभापति पदका मतपेटिका सभागृहमा ल्याइएका छन् ।
  • अविरल वर्षाका कारण राति १० बजे सकिएको मतदानपछि मतपेटिका संकलनमा ढिलाइ भएको थियो ।
  • निर्वाचन समितिले मतगणनाका लागि तीन स्थान तोकेर सीसी क्यामेराको निगरानीमा गणना गर्ने व्यवस्था मिलाएको छ ।

२३ असोज, काठमाडौं  नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि भएको मतदानको गणना सुरु गर्ने तयारी गरिएको छ ।

सभापति पदका उम्मेदवारहरूको मतगणना राष्ट्रिय सभागृहमा हुन लागेको हो । अहिले खुलामञ्चबाट सभापति पदको मतपेटिकाहरू सभागृहमा ल्याइएको छ ।

राति १० बजे नै मतदान सकिए पनि अविरल परेको वर्षाको कारण मतपेटिका संकलनमा ढिलाइ भएको थियो ।

मतगणनाका लागि तीन स्थानमा व्यवस्था मिलाइएको छ । मतगणना स्थलमा सीसी क्यामेरा जडान पनि गरिएको छ ।

मतगणना प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन सीसी क्यामेराको निगरानीमा गणना गर्ने व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?