+
+
Shares

पिन्थलीमा लेदो हटाइयो, बीपी राजमार्ग दुईतर्फी सञ्चालनमा

कपिल कोइराला कपिल कोइराला
२०८३ असोज २४ गते १२:२७

२४ असोज, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९, पिन्थलीमा माथिबाट लेदोसहितको पहिरो खस्दा अवरुद्ध भएको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ ।

लेदोसहितको पहिरोका कारण रातिदेखि अवरुद्ध भएको सडकमा पहिरो तथा लेदो हटाएपछि दुईतर्फी यातायात सञ्चालनमा आएको हो।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले राजमार्ग भएर यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन तथा सम्बन्धित निकायले यात्रा गर्नुअघि स्थानीय प्रहरी, प्रहरी सञ्चारको १०० नम्बर वा जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको १२३४ नम्बरमा सम्पर्क गरी सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?