+
+
Shares

अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको तयारी पूरा

विराटनगरमा असोज २७ र २८ गते आयोजना हुने ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन’ को सम्पूर्ण तयारी पूरा भएको  छ । 

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते १५:४४

२५ असोज, विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा असोज २७ र २८ गते आयोजना हुने ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन’ को सम्पूर्ण तयारी पूरा भएको  छ ।  कोशी प्रदेश सरकारले आयोजना गर्ने सम्मेलनको तयारी पुरा भएको हो ।

सम्मेलनमा देशका सातै प्रदेशका माननीय मुख्यमन्त्रीहरू, मुख्य न्यायाधिवक्ताहरू, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षहरू र प्रमुख सचिवहरूको सहभागिता रहने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए  ।

सम्मेलनले नेपालको संविधानले परिकल्पना गरेको सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित संघीयताको प्रभावकारी कार्यान्वयनमा योगदान पुर्‍याउने, प्रदेशहरूले हालसम्म गरेका अभ्यास, कार्यान्वयनका अनुभव, सफल मोडल र साझा चुनौतीहरूबारे विस्तृत छलफल गरिने योजना छ ।

संविधानप्रदत्त प्रदेशका अधिकारको प्रयोग, संघ, प्रदेश र स्थानीय तहबीचको जिम्मेवारीमा स्पष्टता, वित्तीय संघीयता र प्रदेशको स्रोत परिचालनका विषयमा विचार–विमर्श हुने उनले बताए ।

प्रदेशका साझा हितका विकास आयोजना, अन्तरप्रदेशीय पूर्वाधार विकास, व्यापार तथा लगानी सहजीकरण, प्राकृतिक स्रोतको न्यायोचित उपयोग र लाभ बाँडफाट एवं विपद् व्यवस्थापनमा सहकार्य सुदृढ गर्ने, सार्वजनिक सेवा प्रवाह सुनिश्चित गर्ने र प्रदेशको आन्तरिक आय अभिवृद्धिका सम्भावनाहरूलाई उपयोग गर्नेलगायत एजेन्डा रहेको प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?