+

ग्यालेक्सी फिटनेसको नयाँ शोरुम सञ्चालनमा, कुशल भुर्तेल ब्रान्ड एम्बासडर

२०८३ असोज  २६ गते १२:५७ २०८३ असोज २६ गते १२:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेललाई ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बेसडर नियुक्त गरिएको छ ।
  • काठमाडौंको बालाजु चोकनजिक एनसेल टावर आसपासमा ग्यालेक्सी फिटनेसको नयाँ शोरुम उद्घाटन गरिएको छ ।
  • कम्पनीले जिम तथा फिटनेस उपकरणको माग बढेकाले सेवा र वितरण सञ्जाल विस्तार गर्ने र थप सहरमा शाखा खोल्ने लक्ष्य लिएको छ ।

२६ असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् ।

काठमाडौंको बालाजु चोकनजिक एनसेल टावर आसपासमा सञ्चालनमा आएको ग्यालेक्सी फिटनेसको नयाँ शोरुम उद्घाटन गर्दै भुर्तेललाई ब्रान्ड एम्बेसडर नियुक्त गरिएको हो ।

शोरुम उद्घाटनपछि भुर्तेलले ग्यालेक्सी फिटनेससँगको सहकार्यले आफूलाई थप हौसला मिलेको बताए । खेलाडीका लागि फिटनेस महत्वपूर्ण हुने उल्लेख गर्दै उनले यस सहकार्यले आफूलाई थप ऊर्जा प्रदान गरेको बताएका छन्।

आधुनिक जिम तथा फिटनेस उपकरणको बिक्री र वितरण गर्दै आएको ग्यालेक्सी फिटनेस फ्यामिलीले युवा व्यवसायीहरूको सहकार्यमा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।

शोरुमका प्रबन्ध निर्देशक दीपकप्रसाद अधिकारीका अनुसार नेपालमा जिम तथा फिटनेस उपकरणको माग बढ्दै गएकाले कम्पनीले आफ्नो सेवा र वितरण सञ्जाल विस्तार गरेको हो ।

चीनबाट विभिन्न प्रकारका जिम तथा फिटनेस उपकरण आयात गर्दै आएको कम्पनीले जिम, फिटनेस सेन्टर, होटल, रिसोर्ट तथा व्यक्तिगत ग्राहकलाई लक्षित गरी उपकरण बिक्री तथा वितरण गर्दै आएको छ ।

कम्पनीका अनुसार ग्यालेक्सी फिटनेसका शाखा काठमाडौंको कलंकी, बुटवल, पोखरा, चितवन र दमकलगायतका स्थानमा छन्। आगामी दिनमा देशका थप सहर तथा जिल्लामा सेवा विस्तार गर्ने लक्ष्य कम्पनीले लिएको छ ।

भुर्तेलसँगको सहकार्यले खेलकुद र फिटनेसलाई जोड्नुका साथै स्वस्थ जीवनशैलीप्रति जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ ।

कम्पनीले आगामी दिनमा फिटनेस उपकरणको विविधता बढाउने, वितरण सञ्जाल विस्तार गर्ने र ग्राहकलाई गुणस्तरीय सेवा उपलब्ध गराउने योजना बनाएको जनाएको छ ।

कुशल भुर्तेल ग्यालेक्सी फिटनेस

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय