News Summary
Generated by OK AI. Editorially reviewed.- एनपीएलका पहिलो दुई संस्करणमा रोहित पौडेलले क्रमशः २७९ र २७६ रन बनाउँदै कुल ५५५ रनसहित नेपाली ब्याटरमा शीर्ष प्रदर्शन गरे।
- बलिङतर्फ पहिलो संस्करणमा ललित राजवंशीले १७ विकेट लिए भने दोस्रो संस्करणमा सन्दीप लामिछाने, शेर मल्ल र अविनाश बोहराले समान १७ विकेट लिए।
- दुवै संस्करणको तथ्यांकले बिनोद भण्डारीले ४९९ र दीपेन्द्रसिंह ऐरीले ३८९ रन बनाउँदै एनपीएलमा निरन्तर योगदान दिएको देखाउँछ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का अघिल्ला दुई संस्करणमा नेपाली खेलाडीले ब्याटिङ र बलिङ दुवैतर्फ उल्लेखनीय प्रदर्शन गरेका छन् ।
ब्याटिङमा रोहित पौडेलले लगातार दुई संस्करणमा सर्वाधिक रन बनाउने नेपाली खेलाडीका रूपमा आफूलाई स्थापित गरेका छन् । बलिङमा भने ललित राजवंशी, सन्दीप लामिछाने, शेर मल्ल र अविनाश बोहराले एक–एक संस्करणमा १७ विकेट लिएका छन् ।
एनपीएलको पहिलो संस्करण सन् २०२४ मा रोहितले लुम्बिनी लायन्सबाट २७९ रन बनाएका थिए । उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा थिए । दोस्रो संस्करण सन् २०२५ मा पनि उनले २७६ रन बनाए। दुवै संस्करणको रन जोड्दा रोहितको नाममा ५५५ रन पुगेको छ ।
पहिलो संस्करणमा नेपाली ब्याटरमध्ये बिनोद भण्डारीले २३५ र दीपेन्द्रसिंह ऐरीले २२७ रन बनाएका थिए । कुशल मल्लले २२३ रन बनाउँदा लोकेश बमले १३३ र अनिल साहले १३२ रन जोडेका थिए । रोहितबाहेक बिनोद, दीपेन्द्र र कुशलले पनि टोलीका लागि महत्त्वपूर्ण रन बनाएका थिए ।
दोस्रो संस्करणमा रोहितपछि नेपाली ब्याटरमध्ये बिनोद भण्डारीले सर्वाधिक २६४ रन बनाए । विराटनगर किंग्सका बसिर अहमदले १९१, सुदूरपश्चिम रोयल्सका आरिफ शेखले १८६, लोकेश बमले १७०, दीपेन्द्रसिंह ऐरीले १६२ र ईशान पाण्डेले १६० रन बनाएका थिए ।
दुवै संस्करणको तथ्यांक जोड्दा रोहितको ५५५ रनपछि बिनोदको ४९९ र दीपेन्द्रको ३८९ रन हुन्छ । यसले एनपीएलका दुई संस्करणमा यी तीन ब्याटरको निरन्तर योगदान देखाउँछ ।
बलिङमा ललित, सन्दीप, शेर र अविनाशको उत्कृष्ट प्रदर्शन
बलिङतर्फ पहिलो संस्करणमा जनकपुर बोल्ट्सका ललित राजवंशीले १७ विकेट लिएका थिए । उनीसँगै सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी स्कट कुगेलाइनले पनि १७ विकेट लिएका थिए ।
नेपाली बलरमध्ये किशोर महतोले १४ तथा कर्णाली याक्सका विपिन शर्माले १३ विकेट लिए । चितवन राइनोजका रिजन ढकालले पनि १३ विकेट लिएका थिए ।
दोस्रो संस्करणमा विराटनगर किंग्सका सन्दीप लामिछाने, लुम्बिनी लायन्सका शेर मल्ल र सुदूरपश्चिम रोयल्सका अविनाश बोहराले समान १७ विकेट लिए । नेपाली बलरमध्ये काठमाडौं गोर्खाजका शाहाब आलम र करण केसीले पनि १३–१३ विकेट लिएका थिए ।
दुवै संस्करणमा नेपाली बलरले सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा स्थान बनाएका छन् । पहिलो संस्करणमा ललितको प्रदर्शन प्रभावशाली रहँदा दोस्रो संस्करणमा सन्दीप, शेर र अविनाशले समान विकेट लिँदै शीर्ष स्थानमा रहे ।
एनपीएलका अघिल्ला दुई संस्करणको तथ्यांकले ब्याटिङमा रोहित र बिनोदजस्ता खेलाडीको निरन्तरता तथा बलिङमा फरक–फरक नेपाली खेलाडीको प्रभाव देखाउँछ ।
आगामी संस्करणमा पनि यी प्रदर्शनलाई निरन्तरता दिनु नेपाली खेलाडीका लागि चुनौती हुनेछ ।
प्रतिक्रिया 4