News Summary
Generated by OK AI. Editorially reviewed.- संसदीय सुनुवाइ समितिमा सांसद राजिव खत्रीले भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेलाई ‘तपाईं नेपोबेबी हो कि होइन ?’ भनेर प्रश्न गरे।
- खत्रीले पाण्डे ५ पटक मन्त्री भएका व्यक्तिका सुपुत्र भएको स्मरण गराउँदै जेनजी आन्दोलन र नेपालको कूटनीतिमा लागेको खिया हट्नेबारे प्रश्न गरे।
- प्रस्तावित राजदूत पाण्डेले सुनुवाइ समितिमा आफ्ना प्रतिबद्धता राखिसकेका छन्।
२६ असोज, काठमाडौं । रास्वपा सांसद राजिव खत्रीले भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेलाई ‘नेपोबेबी’ भनेर भएको टिप्पणीको जवाफ खोजेका छन् ।
संसदीय सुनुवाइ समितिमा पाण्डेमाथिको सुनुवाइ जारी छ । बैठकमा सांसद खत्रीले जेनजी आन्दोलनको स्मरण गरे ।
आफूले योग्यता र क्षमतामा प्रश्न नगर्ने भन्दै खत्रीले भने, ‘तपाईं ५ पटक मन्त्री भएका व्यक्तिको सुपुत्र हुनुहुन्छ । तपाईं नेपोबेबी हो कि होइन ?’
साथै, खत्रीले पाण्डेले विगतमा नेपालको कूटनीतिमा समेत खिया लागेको भनेर अभिव्यक्ति दिएको स्मरण गराए ।
‘तपाईंको कार्यकाल सकिंदा कूटनीतिमा लागेको खिया हट्ला ?’, उनको प्रश्न छ ।
प्रस्तावित राजदूत पाण्डेले आफ्ना प्रतिबद्धताहरू सुनुवाइ समितिमा राखिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4